उत्तर बंगालमा पेयजल र स्वच्छता परियोजनाको लागि फण्ड जारी
उत्तर बंगालमा पेयजल र स्वच्छता परियोजनाको लागि फण्ड जारी


जलपाईगुड़ी, 6 दिसम्बर (हि.स)। उत्तर बंगालमा स्वच्छ पेयजल औ सैनिटेशनसित सम्बन्धित कार्यहरूलाई तीव्रता दिनको लागि 15औं वितत आयोगद्वारा जिल्ला परिषद, महकुमा परिषद तथा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए)-लाई ठूलो राशि आवन्टन गरिएको छ। सबै जिल्ला परिषदहरूलाई निर्देश दिइएको छ, यो राशि वित्त वर्ष 2025-26 को 31 मार्चपूर्व खर्च गरियोस्। वित्त वर्ष समाप्त हुन अब चार महिनाभन्दा कम समय बचेको छ, त्यसैले जिल्ला परिषदको कार्यभारलाई अझ बढ़ाउने सम्भावना छ।

अलिपुरद्वार जिल्ला परिषदलाई 3 कड़ोर 18 लाख रुपियाँ, कुचबिहार जिल्ला परिषदलाई 5 कड़ोर 90 लाख रुपियाँ, दक्षिण दिनाजपुर जिल्ला परिषदलाई 3 कड़ोर 26 लाख रुपियाँ, जलपाईगुड़ी जिल्ला परिषदलाई 4 कड़ोर 41 लाख रुपियाँ, मालदा जिल्ला परिषदलाई 8 कड़ोर 17 लाख रुपियाँ, उत्तर दिनाजपुर जिल्ला परिषदलाई 5 कड़ोर 84 लाख रुपियाँ, जीटीएलाई 1 कड़ोर 68 लाख रुपियाँ औ सिलगढ़ी महकुमा परिषदलाई 1 कड़ोर 45 लाख रुपियाँ आवन्टन गरिएको छ। यी निधिहरूको उपयोग ग्रामीण तथा शहरी क्षेत्रमा स्वच्छ पेयजल उपलब्धता, पाइपलाइन मरम्मत, शौचालय निर्माण औ सैनीटेशन परियोजनामा गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande