बाँकुड़ामा पत्नीको हत्यापछि पतिले गऱ्यो आत्महत्या
बाँकुड़ामा पत्नीको हत्यापछि पतिले गऱ्यो आत्महत्या


बाँकुड़ा, 6 दिसम्बर (हि.स.)। बाँकुड़ा जिल्लाको जयपुर थाना अन्तर्गत आशुराली गाउँमा शनिवार बिहान एक दम्पत्तिको शव भेटियो। स्थानीय सूत्रानुसार शनिवार बिहान लामो समयसम्म बोलाउँदा पनि पति-पत्नीले ढोका खोलेनन्, तब चिन्तित छिमेकीहरू ढोका भत्काएर भित्र पसे। भित्रको दृश्य देखेर उनीहरू स्तब्ध भए। पत्नी रगताम्मे अवस्थामा भुइँमा लड़ेकी थिई भने पति फाँसीमा झुण्डिरहेको थियो।

पुलिसले बतायो, मृत दम्पत्तिको नाम आलोक मण्डल र मुक्ता मण्डल हो। जयपुर थानाको पुलिसले दुवै शवलाई जफत गरी घटनाको जाँच शुरू गरेको छ।

जानकारी अनुसार दुईजना छोरीहरूको विवाह गरेपछि किसान आलोक मण्डल आप्नी पत्नी मुक्तासित आशुराली गाउँमा एस्बेस्टसको छानो भएको घरमा बस्दै आएका छिए। आलोक मानसिक रूपमा अस्वस्थ थिए जसले गर्दा तिनको उपचार भइरहेको थियो।

गए शुक्रवार राती दुवै आफ्नो कोठामा सुतेका थिए। शनिवार बिहान अबेर राती ढोका बन्द देखेर छिमेकीहरूलाई शंका लाग्यो। कैयौं पटक बोलाउँदा पनि कुनै प्रतिक्रिया आएन, त्यसपछि छिमेकीहरूले ढोका भत्काइदिए।को नजिकै भित्र कोठामा शवरगत लागेको सब्जी काट्ने छुरी थियो। मुक्ताको निधार र टाउकोमा चोटको निशान देखेर तिनको हत्या गरिएको हो भन्ने कुरा सबैले बुझे।

परिवार तथा छिमेकीहरूको अनुमानमा मानसिक रूपमा बिमार आलोकलाई आफ्नी पत्नीले कुनै काम विशेषमा होँच्यायो होला, त्यसैले तिनले छुरीले पत्नीको हत्या गरिदिए। होशमा आएपछि अपराधबोधको कारणले आफूले आत्महत्या गरे।

पुलिसले घटनास्थलको जाँच गरी दुवै शवलाई आफ्नो कब्जामा लियो। पुलिसले बतायो, दम्पत्तिको मृत्युको वास्तविक कारण पत्तो लगाउनको लागि शवहरूलाई विष्णुपुर जिल्ला अस्पतालमा पोस्टमर्टम गर्न पठाइएको छ। हाल पुलिसले अप्राकृतिक मृत्युको मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande