बाबरी विध्वंसको वर्षगाँठमा ममताले दिइन् एकताको सन्देश
बाबरी विध्वंसको वर्षगाँठमा ममताले दिइन् एकताको सन्देश


कोलकाता, 06 दिसम्बर (हि.स.)। बाबरी विध्वंसको वर्षगाँठमा मुख्यमन्त्री ममता ब्यनर्जीले एकताको सन्देश दिएकी छन्। यसको साथै उनले इंगित गर्दै दक्षिणपन्थी राजनीतिक दलहरूमाथि पनि हमला गरिन्।

उनले शनिवार आफ्नो एक्स ह्याण्डलमा पोस्ट गरी भनिन्, केही राजनीतिक दलहरू सुनियोजित ढंगमा अशान्ति सृजना गर्न चाहन्छ। तर यस प्रयासको विरोधमा संघर्ष लगातार जारी रहनेछ।

मुख्यमन्त्रीले सन्देशको शुरूआतमा सबैलाई संहति (एकता) दिवस औ सम्प्रीति दिवसको शुभकामना दिइन्। उनले लेखिन्, बंगालको संस्कृति सदैव मिलीजुली बस्ने तथा भाइचाराको रहिआएको छ, त्यसैले कुनै पनि स्थितिमा विभाजनकारी राजनीतिलाई राज्यले स्वीकार गर्नेछैन। मुख्यमन्त्री अनुसार सरकारको जिम्मेवारी मानिसहरूलाी सुरक्षित माहोल दिने अनि सामाजिकता एकतालाई कायम राख्ने हो।

उनले यस कुरामाथि पनि बल दिइन्, अफवाह अनि आपस्तको विश्वासलाई प्रोत्साहित गर्ने शक्तिहरूलाई राज्यका मानिसहरूले कहिल्यै पनि सफलहुन दिने छैनन्। ममताको भनाइ छ, बंगाल विविधतामा एकताको प्रतीक हो भने यसै विरासतलाी बचाइराख्नको लागि सबै एकजुट हुन आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande