पुलिसले बेपत्ता तीनजना किशोरीहरूलाई सकुशल उद्धार गऱ्यो
पुलिसले बेपत्ता तीनजना किशोरीहरूलाई सकुशल उद्धार गऱ्यो


बाराबँकी, 6 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको बाराबँकीमा रामनगर थाना अन्तर्गत एउटा गाउँबाट तीनजना किशोरीहरू बेपत्ता भएको घटनाले कोकोहोलो मचायो। पुलिसको सक्रियताको फलस्वरूप यी किशोरीहरूलाई लखिमपुर जिल्लाबाट सकुशल उद्धार गरियो।बितेको राती पुलिसलाई सूचना प्राप्त भयो, रामनगर थानाको एउटा गाउँबाट तीनजना किशोरीहरू हराएका छन्। सीओ, रामनगर गरिमा पन्त र कोतवाल अनिल पाण्डेय सक्रिय भए। पुलिस कप्तानलाई सम्पूर्ण मामिलाको जानकारी दिए। एसपीले रामनगर पुलिस सहित एसओजीलाई खटाए। राज्यका विभिन्न थानाहरूमा किशोरीहरूको फोटोसितै हराएको सूचना प्रसारित गरियो। अन्ततः पुलिसको प्रयास सफल भयो अनि गए शुक्रवार अबेर साँझ लखिमपुरबाट तीनैजनालाई उद्धार गरियो। प्रारम्भिक जाँचमा यो पत्तो लगाइयो, एकजना सोह्र वर्षीय किशोरीको साथी लखिमपुरमा भएको कारणले उनीहरू त्यहीँ गएका थिए। तथापि सम्पूर्ण जानकारी किशोरीहरू आएपछि मात्र स्पष्ट हुनेछ। उनीहरूको सकुशल उद्धारबाट पुलिसले राहत महसूस गरेको छ। साथै गाउँका मानिसहरूले पनि पुलिसको कार्यशैलीप्रति खुशी व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande