
गुवाहाटी, 05 दिसम्बर (हि.स.)। गुवाहाटीको दिसपुर पुलिसले एक होटलमा छाप मारेर प्रचुर मात्रामा हेरोइनको साथ एक तस्करलाई पक्राउ गऱ्यो। पुलिसले बतायो, दिसपुर पुलिस थानाको एक टीमले गोप्य जानकारीको आधारमा छह माइल क्षेत्र स्थित होटल सिल्वर स्टेमा छापा मारेर एक ड्रग्स तस्करलाई उक्त हेरोइनको साथ पक्राउ गऱ्यो।
पक्रा परेको आरोपीको पहिचान हैलाकान्दीको सादिक मोहम्मद लस्कर (41) को रूपमा गरिएको छ। अभियानमा पुलिसले नौ साबुनको डब्बा जफत गऱ्यो, जसमा 103 ग्राम हेरोइनको तस्करी गरिँदैथियो। पुलिसले यस सम्बन्धमा एनडीपीएस धारा अन्तर्गत एक प्राथमिकी दर्ता गरी कानूनी कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी