इन्डिगो संकटबीच बढ्दो हवाई भाड़ामा रोक लाग्यो
विमान


नयाँ दिल्ली, 06 दिसम्बर (हि.स.)। इन्डिगो एयरलाइन संकटबीच यात्रीहरूबाट अत्यधिक भाड़ा असुल्ने अन्य एयरलाइन्स विरुद्ध कारबाही गर्दै नागरिक उड्डयन मन्त्रालयले शनिवार सबै प्रभावित मार्गहरूमा अधिकतम हवाई भाड़ा सीमा तय गर्दै आफ्नो नियामक शक्तिको प्रयोग गर्यो ।

मन्त्रालयले सबै एयरलाइन्सलाई आधिकारिक निर्देशन जारी गर्योो, जसमा उनीहरूलाई अब तय गरिएको भाड़ाको अधिकतम सीमाको सख्तीले पालना गर्नु भनिएको छ।

आदेश अनुसार, एयरलाइन्सले यो नयाँ सीमाभन्दा माथि भाड़ा लिन सक्दैनन्। यो नियम इन्डिगोको अवस्था पूर्ण रूपमा सुधार नभएसम्म र उड़ानहरू सामान्य नहुञ्जेलसम्म लागू रहनेछ। सरकारले भनेको छ, यो निर्णय संकटमा परेका यात्रुहरूको कुनै पनि शोषण रोक्न र वरिष्ठ नागरिक, विद्यार्थी र बिरामीहरू लगायत तत्काल यात्रा गर्न आवश्यक पर्ने नागरिकहरूले यस अवधि आर्थिक कठिनाइको सामना नगरोस् भन्ने सुनिश्चित गर्न लिइएको हो।

उल्लेखनीय छ, मन्त्रालयले अब यी एयरलाइन्सको निरन्तर निगरानी गर्नेछ। एयरलाइन्स र अनलाइन टिकटिङ वेबसाइटहरूबाट वास्तविक-समय डेटा सङ्कलन गर्नेछ। यदि कुनै एयरलाइन्सले तोकिएको भाड़ाभन्दा बढ़ी शुल्क लिइरहेको पाइयो भने तुरुन्तै कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande