
बीरभूम, 6 दिसम्बर (हि.स.)। पश्चिम बंगालको बीरभूम जिल्ला अन्तर्गत नानूरमा गए शुक्रवार अबेर राति तृणमूल कंग्रेसका बूथ अध्यक्षको निर्मम हत्या गरियो। यस घटनामा पाँच जना मानिसहरू गम्भीर रूपमा घाइते भएका छन्। सबैलाई अस्पतालमा भर्ती गरिएको छ। घटनापछि सम्पूर्ण क्षेत्रमा तनाउ फैलिएको छ जसलाई केन्द्र गरी भारी मात्रामा पुलिस बललाई तैनाथ गरिएको छ। मृत बूथ अध्यक्षको पहिचान 50 वर्षीय रासबिहारी सरकार उपनाम (दोदन)-को रूपमा भएको छ जो नानूरको थुपसरा क्षेत्रमा तृणमूल कंग्रेसका बूथ अध्यक्ष थिए।
जानकारी अनुसार गए शुक्रवार राति थुपसराको पातिछाडा गाउँस्थित नाट मन्दिरमा ग्रामीणहरू आपस्तमा बातचित गरिरहेका थिए। यस अवधि दुई पक्षमाझ अचानक विवाद उत्पन्न भयो। आरोप छ, विवाद हुँदा-हुँदै एक समूहले फलामको रड, अन्य हतियारहरूले अन्धाधुन्द हमला गऱ्यो।
अपराधीहरूले रासबिहारीलाई भुइँमा लड़िरहेको देखेर लगातार प्रहार गरे। उनलाई बचाउने प्रयास गर्दा अन्य पाँच जना मानिसहरू गम्भीर रूपमा घाइते भए। रासबिहारीलाई अस्पतालमा लगियो जहाँ चिकित्कहरूले उनलाई मृत घोषित गरिदिए। घाइते पाँचजना मानिसहरूको पूर्व बर्दवानको मंगोलकोट ब्लक अस्पालमा उपचार भइरहेको छ।
प्रत्यक्षदर्शीहरू अनुसार हमला अत्यन्त तीव्र गतिमा भएको कारण कसैले आफूलाई बचाउने वा प्रतिरोध गर्ने अवसर समेत पाएनन्। हमला गरेपछि अपराधीहरू तुरून्तै घटनास्थलबाट भागे। सूचना पाउनसाथ ननूर थाना पुलिसले घटनास्थसमा पुगेर स्थितिलाई नियन्त्रम गऱ्यो। क्षेत्रमा अहिेले पनि तनाउ व्याप्त भएको छ।
मृतकका पुत्र मानव सरकारले बताए, “मेरा पिता पार्टी कार्यालयबाट फर्केर नाटमन्दिर निकट पुगेका थिए, यसै अवधि केही मानिसहरूले फलामको रड आदिले हमला गरे। घटनास्थलमै पिताको मृत्यु भयो। हाम्रा पाँचजना साथीहरू घाइते भए। हामीले थानामा प्राथमिकी दर्ता गरेका छौं। हामी पिताको हत्यामा सामेल दोषीहरूलाई कठोर दण्ड दिने माग गर्दछौं।”
पुलिसको मान्यता छ, दुवै पक्षबीच विगत लामो समयदेखिको भइरहेको विवाद यस घटनाको कारण हुनसक्छ। तथापि यो हमला अचानक भएको विवादको परिणाम थियो वा पूर्व नियोजित, यसको जाँच जारी छ। पुलिसले गाउँमा खोजी अभियान शुरू गरेको छसाथै आरोपीहरूको खोजीमा छापा मारिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा