
जलपाईगुड़ी, 6 दिसम्बर (हि.स)। जिल्लामा फेरि एक पटक ठूलो अजिंगर भेटिनाले सन्त्राष फैलिएको छ। टिस्टा ब्रिज नजिकको क्षेत्रबाट 10 र 12 फुट लामो दुई वटा अजिंगरलाई उद्धार गरिएको छ। लगातार दुई वटा विशालकाय सर्प भेटिएपछि स्थानीय मानिसहरूमा भय व्याप्त भएको छ।
जानकारी अनुसार गए शुक्रवार पर्यावरण कर्मीहरूले विवेकानन्द पल्ली क्षेत्रमा एउटा मरेको अजिंगर भेटेका थिए जसको मृत्यु सम्भवतः कुनै वाहनको ठक्करले भएको थियो। शनिवार बिहान फेरि दुई वटा जिउँदो अजिंगर भेटिएपछि कोकोहोलो मचियो। पर्यावरणविदले दुवै अजिंगरलाई सुरक्षित समातेर वन विभागलाई सुम्पिदिएका छन्। उनीहरूको भनाइ छ, पछिल्लो अक्टोबर महिनामा टिस्टा खोलामा आएको भयानक बाढ़ीले नजिकैको जंगलबाट अजिंगरहरूलाई बगाएर आवासीय क्षेत्रमा ल्याएको थियो। आशंका व्यक्त गरिँदैछ, यस्ता सर्पहरू अहिले पनि वरपरका क्षेत्रहरूमा लुकेर बसेको हुनसक्छ। स्थानीय मानिसहरूसित सतर्क रहने अपील गरिएको छ भने वन विभागले सम्पूर्ण क्षेत्रा निगरानी बढ़ाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा