विजेन्द्र गुप्ताले डा. अम्बेडकरको महापरिनिर्वाण दिवसमा दिए श्रद्धाञ्जली
विजेन्द्र गुप्ताले डा. अम्बेडकरको महापरिनिर्वाण दिवसमा दिए श्रद्धाञ्जली


नयाँ दिल्ली, 6 दिसम्बर (हि.स.)। दिल्ली विधानसभाका अध्यक्ष विजेन्द्र गुप्ताले आज विधानसभा परिसरमा डा. भीमराव अम्बेडकरको 70औं महापरिनिर्वाण दिवसमा श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा विधायक सञ्जय गोयल तथा दिल्ली विधानसभा सचिवालयका वरिष्ठ अधिकारी पनि उपस्थित थिए। सबैले भारतीय संविधानका प्रमुख शिल्पकारलाई श्रद्धाञ्जली अर्पण गरे।

.यस अवधि विजेन्द्र गुप्ताले भने, डा. अम्बेडकरद्वारा भारतीय संविधानको प्रारूप समितिको नेतृत्व गरिनु भारतको लागि न्याय, समानता तथा व्यक्तिगत गरिमाप्रति समर्पित एक सुदृढ़ संवैधानिक ढाँचाको आधार बन्यो। उनले भने, डा. अम्बेडकरको संवैधानिक दृष्टि आज पनि देशको लोकतान्त्रिक संस्थानको लागि नैतिक मार्गदर्शक बनेको छ।

गुप्ताले स्मरण गरे, सामाजिक भेदभावमाथि विजय प्राप्त गर्दै डा. अम्बेडकरको प्रेरणादायक जीवन यात्रा तथा स्वतन्त्र भारतको संविधान निर्माणमा उनको निर्णायक भूमिका दृढ़ता, प्रज्ञा तथा परिवर्तनकारी नेतृत्वको प्रतीक हो। उनले भने, डा. अम्बेडकरको कार्यले लोकतान्त्रिक शासनलाई सुदृढ़ बनाउने औ समाजका सबै वर्गहरूलाई अवसर प्रदान गर्ने दिशामा निरन्तर प्रेरणा दिन्छ। उनले भने, महापरिनिर्वाण दिवस डा. अम्बेडकरको योगदालाई स्मरण गर्ने दिन मात्र होइन, संवैधानिक नैतिकता तथा लोकतान्त्रिक मूल्यप्रति हाम्रो सामूहिक प्रतिबद्धतालाई पुनः सुदढ़ बनाउने अवसर पनि हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande