“15 वर्षमा अल्पसंख्यकहरूले के पाए?” हुमायुँ कबीरको ममता ब्यानर्जीमाथि चर्को प्रहार
“15 वर्षमा अल्पसंख्यकहरूले के पाए?” हुमायुँ कबीरको ममता ब्यानर्जीमाथि चर्को प्रहार


मुर्शिदाबाद, 6 दिसम्बर (हि.स.)। मुर्शिदाबादमा तथाकथित बाबरी मस्जिदको शिलान्यास हुन ठीक अगाड़ि तृणमूलका निलम्बित विधायक हुमायुँ कबीरले मुख्यमन्त्री ममता ब्यानर्जीमाथि ठूलो राजनीतिक हमला गर्दै प्रश्न उठाए, 15 वर्षमा अल्पसंख्यकहरूले के पाए?

विधायक हुमायुँ कबीरले भने, पछिल्लो 2011 सालमा राज्यका अधिकांश अल्पसंख्यक जनताले ममता ब्यानर्जीमाथि विश्वास गरेर उनलाई सत्तामा पुऱ्याए। तर मुख्यमन्त्रीले “लगातार झुटो बोलिन्” र “अत्यधिक अहंकार” देखाइन्।

उनले भने, “मुख्यमन्त्रीले जे गर्छ त्यै सही, अन्य सबै गलत। ममता ब्यानर्जीमा यति धेरै अहंकार आएको छ। उनलाई मुख्यमन्त्री बनाएपछि अल्पसंख्यकहरूलाई के दिइयो?”

उल्लेखनीय छ, मस्जिद निर्माण गर्ने घोषणाबाट सृजित विवादबीच हालैमा तृणमूल कंग्रेसले हुमायुँ कबीरलाई पार्टीबाट अनिश्चितकालको लागि निल्बित गरिदिएको छ। त्यसपछिदेखि नै उनले पार्टी र मुख्यमन्त्रीको तीव्र विरोध गर्दै आइरहेका छन्।

हुमायुँ कबीरले भने, “बंगालमा 37 प्रतिशत अल्पसंख्यक छन्। उनीहरूको भोटबाटै ममता ब्यानर्जी मुख्यमन्त्री बनिन्। अब यस्तो अहंकार आएको छ। म नै उनलाई पूर्व मुख्यमन्त्री बनाउनेछु। यो निश्चित छ।”

उल्लेखनीय छ, हुमायुँ कबीरले घोषणा गरेका छन् कि उनले आफ्नो नयाँ पार्टी बनाएर पश्चिम बंगाल अल्पसंख्यक बहुल 90 वटा सीट सहित 135 वटा विधानसभा सीटमा उम्मेद्वारिता गर्नेछन्।

उनले भने, “हामी विधानसभा पुग्नेछौं। आवश्यकता परे विपक्षमा बस्नेछौं। सरकारसित अल्पसंख्यक अधिकारहरूको माग गर्नेछौं। इञ्च-इञ्च अधिकार लिएरै छाड़्नेछौं।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande