अमित शाहले २० वर्षपछि आफ्ना गुरुलाई भेटे, वयोवृद्धको आँखाबाट खुशीको आँसु छल्कियो, पुराना दिनहरूको स्मरण गर्दै भए भावुक
अमित शाहले २० वर्षपछि आफ्ना गुरुलाई भेटे


गान्धीनगर, 6 दिसम्बर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाह गुजरातको तीन दिवसीय भ्रमणमा शुक्रबार गान्धीनगर पुगे, जहाँ उनले शहरको लागि ₹६८ करोड रूपियॉंका विभिन्न परियोजनाहरूको उद्घाटन गरे। आफ्नो व्यस्त तालिकाबीच उनी अप्रत्याशित रूपमा आफ्ना पूर्व शिक्षक जीवनभाई डाह्याभाई पटेल (माणसामा जे.डी सी पी. पटेलको नामले प्रसिद्ध) को घरमा पुगे।

अमित शाह गायत्री नगरस्थित आफ्नो ८९ वर्षीय गुरुको घर गए, उनको खुट्टा छोए र उनको आशीर्वाद लिए। घरमा प्रवेश गर्नुअघि उनले जुत्ता पनि बाहिर फुकाले। उनले आफ्ना गुरु र उनको परिवारसँग आधा घण्टाभन्दा बढी समय बिताए र पुराना दिनहरूको सम्झना गरे।

जीवनभाई पटेलले लगभग २०-२१ वर्षपछि शाहले उनलाई भेटेको बताए। उनले भने, अमित शाहले उनलाई आफ्नो बाल्यकालका दिनहरू सम्झाए र माणसाको विकास, विशेष गरी मलाव पोखरीको विकास हेर्न आग्रह गरे।

जीवनभाई पटेलले भने, उनले अमित शाहलाई पहिलो कक्षादेखि सातौं कक्षासम्म पढाए। पुरानो समयको शिक्षा प्रणालीलाई सम्झँदै उनले भने, विगतका शिक्षकहरूमा पैसाको मोहमा थिएनन्, उनीहरू नानीहरूलाई बुद्धिमान बनाउन पूर्ण हृदयले पढाउँथे।

अमित शाहको यो अप्रत्याशित भ्रमणले शिक्षकको आँखामा खुशीको आँसु छल्किएको थियो। स्थानीयहरू पनि उत्साहले भरिएका थिए। अमित शाहले फर्किने क्रममा वरपरका मानिसहरूबाट अभिवादन स्वीकार गरे।

जीवनभाईका छोरा डा. नीलम पटेलले भने, धेरै वर्षपछि अमित शाहले भेट्दा उनका बुबाको आँसु झरेको थियो। अमित शाहले आफ्ना पुराना स्कूलका दिनहरूको कडाइ र उनका बुबाले हरेक बिहान कसरी परेड गर्थे भन्ने कुरा सम्झे।

अमित शाहको यो भ्रमणले गायत्री नगरमा उत्साह फैलिएको छ। घरबाट निस्कँदा शाहले मानिसहरूसँग अन्तरक्रिया गरे, नानीहरूलाई आशीर्वाद दिए र एक आमालाई भने, यो नानीलाई अवश्य पढाउनुहोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande