ईँटाको पर्खाल भत्किएर चार वर्षीय अबोधको मृत्यु
ईँटाको पर्खाल भत्किएर चार वर्षीय अबोधको मृत्यु


बाँकुड़ा, 6 दिसम्बर (हि.स.)। बाँकुड़ा जिल्लाको जयपुर थाना अन्तर्गत गड़ गाउँमा भएको दुर्घटनामा एकजना चार वर्षीय बालकको मृत्यु भयो। मृत बालकको नाम रोहन लोहार हो। यस घटनाको कारणले सम्पूर्ण गाउँमा शोक छाएको छ भने परिवारमाथि वज्रपात भएको छ।

स्थानीय सूत्र अनुसार घरको आँगनमा ईँटाको पुरानो पर्खालमा बालककी आमाले घाममा सुकाउनको लागि कथरी टाँगेको थिई। शनिवार अपरान्ह उक्त कथरीलाई तान्दा पर्खाल अचानक भत्किएर भुइँमा झऱ्यो। त्यै समय नजिकै उपस्थित रोहन पर्खालको अवशेषमुनि दबियो। परिवार तथा स्थानीय मानिसहरूले तत्कालै उसलाई बाहिर निकालेर हतार-हतार अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।

यता घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। प्राथमिक अनुमानमा पर्खाल अत्यन्त कमजोर भइसकेको थियो। जसले गर्दा यो दुर्घटना भएको हो। गाउँका मानिसहरूले बताए, रोहन चञ्चल र सबैको प्यारो थियो। उसको असमायिक निधनले सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande