भाजपा सिक्किमका महासचिव दिनेश नेपालले उपराष्ट्रपति राधाकृष्णनसॅंग शिष्टाचार भेट गरे
भाजपा सिक्किमका महासचिव दिनेश नेपालले उपराष्ट्रपति राधाकृष्णनसॅंग शिष्टाचार भेट गरे


गान्तोक, 6 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका महासचिव दिनेशचन्द्र नेपालले हालै आफ्नो नयॉं दिल्ली भ्रमणको क्रममा देशका उपराष्ट्रपति सीपी राधाकृष्णनसॅंग शिष्टाचार भेट गरे। उक्त जानकारी आज प्रदेश भाजपाले प्रेस विज्ञप्तिमा दिएको छ।

प्रदेश भाजपा महासचिव नेपालले उपराष्ट्रपति राधाकृष्णनसॅंग भएको बैठकमा सिक्किममा जारी विकासीय कार्यहरू र राज्यमा प्रभावकारी रूपमा कार्यान्वयन भएका विभिन्न केन्द्रिय योजनाहरूको बारेमा जानकारी गराए। यसैगरी, उनले सिक्किमका कतिपय महत्वपूर्ण मुद्दाहरू र चिन्ताहरूबारे पनि अवगत गराए। यस अतिरिक्त, महासचिव नेपालले उपराष्ट्रपतिलाई सिक्किम भ्रमणमा आउने निमन्त्रणा पनि दिए।

उपराष्ट्रपति राधाकृष्णनले निकट भविष्यमा सिक्किम भ्रमणमा आउने र राज्यको प्रगति एवं प्राकृतिक सुन्दरताको अवलोकन गर्ने आश्वासन दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande