
नयाँ दिल्ली, 6 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज रिंग रोडमा सफाई अभियानको शुरूआत गरिन्। उनले सिभि लाइन्सस्थित खैबर नजिक चौकमा लोक निर्माण विभागद्वारा आयोजित व्यापक सड़क सफाई तथा धुलाई अभियानमा सक्रिय सहभागिता जनाए।
मुख्यमन्त्रीले सोशल मीडिया अकाउण्ट एक्सको पोस्टमा भनिन्, दिल्लीलाई प्रदूषण मुक्त बनाउने अनि धूलो नियन्त्रण सुनिश्चित गर्ने दिशामा यो एक महत्वपूर्ण कदम हो। शहरमा नियमित सड़क धुलाई, यान्त्रिक सफाई र धरातलीय निगरानीलाई अत्यन्त तीव्रता तथा गम्भीरता पूर्वक अगाड़ि बढ़ाइँदैछ।
यस अवधि क्याबिनेट मन्त्री रविन्द्र इन्द्राज सिंह अनि विधायक सूर्य प्रकाश खत्रीले पनि यस अभियानमा भाग लिए। प्रदूषणविरूद्ध दिल्लीको युद्ध निरन्तर जारी रहनेछ।
रिंग रोड धुलाई अभियान अन्तर्गत सड़क, फुटपाथ, सेन्ट्रल वर्ज सफा गर्नको साथै सम्पूर्ण रिंग रोडका दुवै तर्फ रूख, झाड़ी आदिको धुलाई गरिँदैछ। यसपूर्व कहिले पनि सम्पूर्ण रिंग रोडको एकसाथ सफाई र धुवाई गरिएको थिएन। अभियानको लागि आधुनिक मशिनहरूको प्रयोग गरिनेछ। यस अभियानको उद्देश्य सम्पूर्ण रिंग रोडलाई धूलोबाट मुक्त गराउन अनि वायु गुणस्तरमा सुधार ल्याउनु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा