13 हजार क्विन्टल सरकारी चामल हरायो, पाँचजना निलम्बित
13 हजार क्विन्टल सरकारी चामल हरायो, पाँचजना निलम्बित


धेमाजी (असम), 06 दिसम्बर (हि.स.)। धेमाजीमा सरकारी सस्तो दरको चामलमा व्यापक रूपमा धाँधली भएको मामिला उजागार भएको छ। रेल सेवाको माध्यमबाट धेमाजी पुग्ने चामल हराएको आरोपलाई अब एफसीआईको आन्तरिक जाँचमा सही पाइएको छ।

आरोप अनुसार 26,800 बोरा सस्तो दरको 13 हजार क्वीन्टल चामलको धेमाजीस्थित भारतीय खाद्य निगम (एफसीआई)- को गोदामबाट गोप्य रूपमा धाँधली गरियो। यस चामलको बजार मूल्य लगभग 5 कड़ोर 20 लाख रुपियाँ रहेको अनुमान लगाइएको छ।

गोदाम धेमाजीमा अवस्थित भए पनि यसको संचालन एवं निरीक्षण लखिमपुर कार्यालयको अधिनमा छ। सिकायतहरूको आधारमा लखिमपुरबाट पठाइएको एफसीआईको एक उच्च-स्तरीय जाँच टीमले गोदाम निरीक्षण गरी यस ठूलो घोटालाको खुलासा गऱ्यो।

प्रारम्भिक जाँच पश्चात धेमाजी एफसीआई यूनिटका प्रभारी राकेश दास जो पहिला पनि विवादमा परिसकेका छन्, सहित अन्य पाँचजना कर्मचारीहरूलाई तत्काल प्रभावदेखि निलम्बित गरिएको छ। गोदामसित सम्बन्धित सबै फाइल तथा दस्तावेज जफत गरिएको छ जसको जाँच जारी छ।

यो प्रश्न अब तट्कारो बनी उभिएको छ, शासनको महत्वाकांक्षी योजना अन्तर्गत वितरित हुने यति धेरै चामलको विभागीय निगरानीमा कसरी धाँधली भयो? नर्थ लखिमपुरस्थित एफसीआई मुख्यालय पनि अब प्रक्रियागत चूकको कारणले दबावमा परेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande