जनजाति विद्यार्थीहरूको डिजिटल शिक्षा आवश्यकताहरू पूरा गर्न विद्यमान स्मार्ट कक्षाहरू अपेक्षाकृत सीमित: सांसद सुब्बा
सांसद सुब्बा


गान्तोक, 6 दिसम्बर (हि.स.)। केन्द्रिय जनजाति मामिला राज्यमन्त्री दुर्गादास उइकेले देशभरका ईएमआरएसहरूमा 262 स्मार्ट कक्षाहरू शुरू गरिएको जानकारी गराएका छन्। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाको प्रश्नको जवाफमा केन्द्रिय जनजाति मामिला राज्यमन्त्री उइकेले उक्त जवाफ दिएका हुन्।

सांसद सुब्बाले लोकसभामा सोधेको प्रश्नको जवाफमा केन्द्रिय राज्यमन्त्रीले जनजाति विद्यार्थीहरूका लागि डिजिटल र शैक्षिक पहुॅंच बढ़ाउन मन्त्रालयले गरेका पहलहरूमाथि प्रकाश पारेका थिए। सांसद सुब्बाले यो स्वागतयोग्य कदम भए पनि जनजाति विद्यार्थीहरूको डिजिटल शिक्षा आवश्यकताहरू पूर्ण रूपमा पूरा गर्न यो संख्या अपेक्षाकृत सीमित रहेको बताएका छन्।

केन्द्रिय राज्यमन्त्रीले भने, सरकारले अनलाइन इनेबल कार्यक्रम र तीन अफलाइन उत्कृष्टता केन्द्रहरू मार्फत जनजाति विज्ञान-स्ट्रीमका विद्यार्थीहरूको लागि नि:शुल्क नीट र जी कोचिङ पनि प्रदान गरिरहेको छ। उनले उत्तर पूर्वी क्षेत्रमा हाल 48 ईएमआरएस सञ्चालित रहेको र यसमा सिक्किमका गेजिङ, मंगन, नाम्ची र पाकिममा एक-एक आवासीय विद्यालय सञ्चालित रहेको पनि जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande