
गुवाहाटी, 06 दिसम्बर (हि.स.)। जुबिन गर्गको मृत्यु मामिलामा जाँच गरिरहेको विशेष जाँच टीम (एसआईटी)-ले आगामी 12 दिसम्बरको दिन अदालतमा आरोप पत्र दर्ता गराउनेछ। सो जानकारी एसआईटीका प्रमुख मुन्ना प्रसाद गुप्ताले शनिवार आयोजित एक सम्वाददाता सम्मेलनमा दिएका हुन्।
सीआईडीका विशेष पुलिस महानिदेशक अनुसार एसआईटीले आफ्नो जाँच कार्यलाई लगभग पूरा गरिसकेको छ। यस मामिलामा अहिलेसम्म सातजना मानिसहरूलाई पक्राउ गरिसकिेको छ। सीआईडीमा दर्ता मामिला संख्या 18/2025 मा आरोपपत्र दर्ता गरिनेछ भने योसित सम्बन्धित अर्को मामिला 19/2025- को जाँच जारी रहनेछ।
अधिकारीले बताए, जुबिनको मृत्यु मामिलाको जाँच गर्ने क्रममा एसआईटीले 300भन्दा अधिक मानिसहरूसित जाँचबुझ गरिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा