इण्डिगो फ्लाइट संकटः गुजातमा भारी असर, आजपनि दुई दर्जनभन्दा बढ़ी उड़ानहरू रद्द
अहमदाबाद


अहमदाबाद, 06 दिसम्बर (हि.स.)। देशको सबैभन्दा ठूलो एयरलाइन इण्डिगोमा पायलट र क्रू-मेम्बईसको कमीको कारण उत्पन्न संकट चौथो दिन पनि जारी छ। यसको सबैभन्दा बढ़ी असर गुजरातको एयरपोर्ट्समा देखिँदैछ। आजपनि राति 12 बजीदेखि बिहान 9 बजीबीच 26 उड़ान रद्द गर्नुपरेको छ। बिहिवार अहमदाबाद, वडोदरा, सूरत र राजकोटबाट 155 उड़ान रद्द गरिएको थियो।

इण्डिगोको सीईओ पीटर एल्बर्सले सोशल मीडिया एक्समा यात्रीहरूसित माफी माग्दै भनेका छन्, 15 दिसम्बरसम्म जसको यात्रा बुक छ, उनीहरूले समस्याको सामना गर्न पर्नसक्छ।

वडोदरा एयरपोर्ट: 6 उड़ानहरू रद्द, दुई उड़ान 4 घण्टाभन्दा अधिक लेट

वडोदरा एयरपोर्टमा आजपनि इण्डिगोका 6 उड़ान रद्द भएका छन्-

रूट फ्लाइट नम्बर

हैदराबाद–वडोदरा 6E-2178

वडोदरा–गोवा 6E-105

गोवा–वडोदरा 6E-104

वडोदरा–हैदराबाद 6E-2179

मुम्बई–वडोदरा 6E-2168

वडोदरा–मुम्बई 6E-5138

यस बाहेक वडोदराका दुई उड़ान 4 घण्टाभन्दा अधिक ढिलो चलिरहेका छन्-

वडोदरा–मुम्बई (6E-6087)

मुम्बई–वडोदरा (6E-5126)

अहमदाबादमा पनि व्यापक असर: 19 उड़ान रद्द

अहमदाबाद एयरपोर्टमा राति 12 बजीदेखि बिहान 6 बजीबीच 7 आगमन र 12 प्रस्थान अर्थात् कूल 19 उड़ानहरू रद्द गरिएको छ।

राजकोट: स्थिति सामान्य भइरहेछ, केवल एक उड़ान रद्द

राजकोट अन्तरराष्ट्रिय एयरपोर्टमा आज स्थितिमा सुधार देखिएको छ। दिल्लीको बिहानको उड़ान समयमा प्रस्थान भइसकेको छ। दिनमा निर्धारित 8 उड़ानमध्ये केवल मुम्बईको एक उड़ान रद्द गरिएको छ। अहिलेपनि सबै उड़ानहरूमा औसतन 30 मिनटको ढिलाई भइरहेको छ।

गुजरातका यात्रीहरूमा बढ्यो समस्या

गुजरातका चार प्रमुख एयरपोर्ट—अहमदाबाद, वडोदरा, सूरत र राजकोट—लगातार प्रभावित भइरहेका छन्। यात्रीहरूको भीड़ बढ्दा एयरपोर्टमा खैलाबैला र रोष देखिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande