
मुम्बई, 06 दिसम्बर (हि.स.)। देशको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगोमा भएको भारी अव्यवस्थाले देशभरिमा हवाई यात्रालाई प्रभावित गरेको छ। दिल्ली, मुम्बई, अहमदाबाद, जयपुर, इन्दौर र तिरुवनन्तपुरम लगायत देशभरिका धेरै विमानस्थलहरूमा उड़ान रद्द र ढिलाइका कारण हजारौं यात्रुहरू घण्टौंसम्म अलपत्र परे। यद्यपि, हिजो अबेर राति दिल्ली एयरपोर्ट अथोरिटीजले जारी गरेको एडवाइजरीमा भन्यो, हामी खुशी छौं कि इण्डिगोको उड़ान सेवा सामान्य भइरहेछ।
आधिकारिक सूत्रहरूले शनिवार दिएको जानकारीमा बतायो, देशभरि ढिलाइ र उड़ान रद्दबीच विमानन नियामक डीजीसीएले समस्याग्रस्त इण्डिगोलाई धेरै छूटहरू दिएर उसको परिचालन सामान्य बनाउनमा मद्दत गरेको छ, यसबाट एयरलाइन्सको उड़ान सञ्चालन अब ट्रयाकमा फर्किरहेको छ। यद्यपि, चेन्नई, अहमदाबाद, लखनऊ र भोपाल लगायत देशभरका धेरै प्रमुख विमानस्थलहरूमा उड़ान ढिलाइका कारण यात्रुहरूले अझै पनि असुविधाको सामना गरिरहेका छन्।
यसैबीच, इण्डिगोका मुख्य कार्यपालक अधिकारी (सीईओ) पीटर एल्बर्सले यात्रुहरूलाई भएको असुविधाको निम्ति अबेर राति जारी बयानमा माफी मागे औं 10 देखि 15 दिसम्बरबीच उड़ानहरूको स्थिति सामान्य हुनेछ भनी आशा व्यक्त गरे। उनले भने, हामी शनिबार उड़ान रद्दको संख्या 1,000 भन्दा कम हुने अपेक्षा गर्छौं।
इन्डिगोले शुक्रवार 1,000 भन्दा बढ़ी उड़ानहरू रद्द गरेको थियो, जुन एयरलाइनको कूल दैनिक उड़ानहरूको आधा संख्या हो। यसअघि विमानन निगरानी संस्था डीजीसीएले शुक्रवार समस्याग्रस्त इण्डिगोलाई धेरै छूटहरू प्रदान गरेर यसको सञ्चालनलाई सामान्य बनाउनमा मद्दत गर्योि। एयरलाइनको सञ्चालन लगातार चौथो दिन अवरुद्ध भएको छ। डीजीसीएले इण्डिगोलाई पाइलटहरूको ड्युटी समय-सीमामा छूट दिन बाहेक अन्य छूटहरू दियो।
इण्डिगोको उड़ान संकटबीच हवाई भाड़ाले आकाश छोइरहेको छ। कोलकाता-मुम्बई उड़ानको भाडा ₹90,000 पुगेको छ। देशभरिका अधिकांश शहरहरूको हवाई भाड़ाले आकाश छोइरहेको छ। एयरलाइन कम्पनीहरूको वेबसाइटहरू अनुसार, 06 दिसम्बरमा स्पाइसजेटको एकतर्फी कोलकाता-मुम्बई इकोनोमी क्लासको टिकटको मूल्य ₹90,000 पुगेको थियो जबकि एयर इन्डियाको मुम्बई-भुवनेश्वरको टिकट ₹84,485 मा बिक्री भइरहेको थियो।
उल्लेखनीय छ, इण्डिगोले शुक्रवार चालक दलको अभावका कारण 1000 भन्दा बढ़ी उड़ानहरू रद्द गर्योक, जसले गर्दा हवाई भाड़ा सामान्य सीमाभन्दा तीन देखि चार गुणा बढ्यो। देशको लगभग दुई तिहाइ घरेलु ट्राफिक नियन्त्रण गर्ने इन्डिगोले सामान्यतया दैनिक लगभग 2,300 उड़ानहरू सञ्चालन गर्दछ।
हिन्दुस्थान समाचार / भवानी थामी