
जलपाइगढी, 6 दिसम्बर (हि.स)। उत्तर बंगालमा चितुवाको लगातार हमलाबाट आतंकित मानिसहरूको लागि राहतको आशा देखिएको छ। सुन्दरवनमा रोयल बंगाल टाइगरलाई रोक्नको लागि जसरी जंगली क्षेत्र नजिक नेट फेन्सिंग गरिएको छ, त्यसरी नै अब जिल्लाको नगराकाटाको कलाबाड़ी चिया बगानमा पनि परीक्षणको रूपमा नेट फेन्सिंग लगाउने काम शुरू गरिएको छ।
उत्तर बंगालका केही क्षेत्रहरू विशेष गरी चिया बगान र जंगल संलग्न गाउँहरूमा चितुवाको आतंक यति धेरै बढ़ेको छ कि मानिसहरूलाई हिँड़डुल गर्दै गाह्रो भइरहेको छ। यस्ता घटनाहरूलाई रोक्नको लागि वन विभागले नेट फेन्सिंग लगाउने काम शुरू गरेको छ।
उत्तर बंगाल वन विभागका मुख्य वनपाल (वन्यजीव) भास्कर जेवीले बताए, नेट फेन्सिंग लगाएपछि यसको प्रभावशीलताको मूल्यांकन गरिनेछ। यदि यो सफल भयो भने यसलाई अन्य क्षेत्रहरूमा पनि अप्नाइनेछ। उनले अझ बताए, कलाबाड़ीको हुलाश लाइन नामक मजदुर बस्ती नजिक लगभग 250 मीटर क्षेत्रमा 10 फुट अग्लो नायलनको नेट फेन्सिंग लगाइँदैछ। यसबाट चितुवा बगानदेखि निक्लेर जनघनत्वमा प्रवेश गर्न सक्दैन।
वन अधिकारीहरूले अनुमान व्यक्त गरेका छन्, हात्तीहरूको बथान पनि बाटो फेर्न बाध्य हुनसक्छ। बिन्नागुड़ी रेञ्ज अफिसर हिमाद्री देवनाथले भनिन्, स्थानीय मानिसहरूले यस पहललाई स्वागत गरिरहेका छन्। साथै हाम्रो निरन्तर निगरानी पनि जारी रहनेछ।
उल्लेखनीय छ, कलाबाड़ी चिया बगानमा विगत लामो समयदेखिको चितुवाको आतंक कायम छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा