
जलपाइगढी, 6 दिसम्बर (हि.स)। बेलाकोबा बटतला रेगुलेटेड मार्केट हाटमा नवनिर्मित 22 वटा शेडहरूको वितरण प्रक्रिया शनिवारदेखि औपचारिक रूपमा शुरू भएको छ। यसबाट लगभग 240 जना स-साना व्यापारीहरूलाई लाभ पुग्ने आशा छ। एक विशेष समारोहको माध्यमबाट यी हाट शेडहरूको वितरण राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष रुपाली दे सरकार, नारायण बसाक, शफिउल बारी सहित स्थानीय प्रशासन अनि अन्य गण्यमान्य व्यक्तिहरूको उपस्थितिमा गरियो।
विधायक खगेश्वर रायले बताए, राज्य सरकारको पहलमा लगभग 8 कड़ोर रुपियाँको लागतमा बेलाकोबाट बटलता रेगुलेटेड मार्केट परिसरमा यी 22 वटा नयाँ हाट शेड निर्माण गरिएको छ। उनले अझ बताए अनुसार नयाँ शेडहरूको निर्माणबाट लगभग 240 जना व्यवसायीहरूलाई नियमित रूपमा दोकान राख्ने सुविधा प्राप्त हुनेछ। आजदेखि नै यी दोकानहरूको वितरण कार्य शुरू गरिएको छ। नयाँ ढाँचा र सुविधा प्राप्त भेपछि स्थानीय व्यवसायीहरू हर्षित भएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा