नेशनल हेराल्ड केसः ईडीले कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारलाई फेरि पठायो नोटिस
नेशनल हेराल्ड केसः ईडीले कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारलाई फेरि पठायो नोटिस


नयाँ दिल्ली, 06 दिसम्बर (हि.स.)। प्रवर्तन निर्देशनालय (ईडी) ले नेशनल हेराल्ड मामिलाको सम्बन्धमा कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारलाई फेरि एक पटक नोटिस जारी गरेको छ। शनिवार डीके शिवकुमारले यसलाई राजनीतिक रूपमा प्रेरित बताए।

डीके शिवकुमारले मिडियासित कुराकानीमा भने, नेशनल हेराल्ड र यंग इन्डिया संगठन कांग्रेस पार्टी अन्तर्गत कार्यरत छ। पार्टीको कठिन समयमा कांग्रेस नेताहरूले ट्रस्टहरू मार्फत यी संस्थाहरूलाई आर्थिक सहयोग प्रदान गरेका थिए।

शिवकुमारले भने, ईडीको नोटिस पाएपछि उनले सबै आवश्यक कागजात र जानकारी प्रदान गरेका छन् साथै चार्जशीट पनि दर्ता गरिसकेका छन्। अब दिल्ली पुलिसले 19 दिसम्बरसम्म उपस्थित भएर जानकारी प्रदान गर्नु भनेको छ।

उनले यस पूरा मुद्दालाई राजनीतिक दबाउ र उत्पीडन बताउँदै यसको निन्दा गरे औं भने, उनले यस मुद्दालाई कानूनी रूपमा सम्बोधन गर्नेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande