इण्डियन विमेन प्रेस क्लब एवं डीयूजेलाई बमको धम्की
इण्डियन विमेन प्रेस क्लब एवं डीयूजेलाई बमको धम्की


नयाँ दिल्ली, 06 दिसम्बर (हि.स.)। इण्डियन विमेन प्रेस क्लब परिसरमा शनिवार सबैरै बमको धम्की प्राप्त भएको कारणले कोकोहोलो मचियो। संस्थाको आधिकारिक ई-मेल आईडीमा बिहान 4:57 बजे एक मेल प्राप्त भयो जसमा दाबी गरिएको छ, इण्डियन विमेन प्रेस क्लब तथा डीयूजे परिसरमा आरडीएक्स-ईाईडी राखिएको छ।

ई-मेल प्राप्त हुनसाथ प्रबन्धनले तुरून्तै दिल्ली पुलिसलाई यसको सूचना दियो। केही क्षणपछि दिल्ली बम निरोधक दल तथा डग स्क्वायडले घटनास्थलमा पुगेर सम्पूर्ण परिसरको गहन जाँच गऱ्यो। साथै फायर ब्रिगेडको टीम पनि सुरक्षा जाँचमा सामेल भयो। सबै एजेन्सीहरूद्वारा विस्तृत जाँच गरिएपछि परिसरलाई पूर्ण रूपले सुरक्षित र खतरामुक्त घोषित गरियो।

इण्डियन विमेन प्रेसक्लबकी अध्यक्ष सुजाता राघवन औ महासचिव अदिति भालले सदस्यहरूलाई आश्वस्त पारेका छन्, सुरक्षालाई लिएर सबै आवश्यक कदम उठाइएको छ। चिन्ता गर्ने कुनै कारण छैन। उनीहरूले बताए, परिसर तथा सदय्हरूको सुरक्षा सर्वोच्च प्राथमिकता हो। अर्कोतिर पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande