
सोनादा, 6 दिसम्बर (हि.स.)। हाम्रो गाउँ हाम्रो समाधान योजना अन्तर्गत आज सन्त मेरिजमा सन्त मेरिज ग्राम सेवा समितिको समाज भवनको माथिल्लो तला निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ। पश्चिम बङ्गाल सरकारको हाम्रो गाउँ हाम्रो समाधान योजना अन्तर्गत अनुमोदित यस योजनाको वर्क अर्डर निस्किएपछि समिति भवनको माथिल्लो तलामा शिलान्यासको कार्य शुरू गरिएको हो।
सन्त मेरिज पल्लीका पल्ली पिताद्वारा प्रार्थना गरेर गरिएको शिलान्यास कार्यक्रममा टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पा, खरसाङ खण्ड पञ्चायत समिति सदस्य एवं कर्माध्यक्ष बिरेन्द्र तामङ, सन्तमेरिज 2 ग्राम पञ्चायतका क्षेत्रीय सदस्य टाँसी (शैलेन्द्र) लामा, भागोप्रमो सन्तमेरिज लोवर शाखाका संयोजक एन्ड्रयु थापा, सभापति सिनेन थापा लगायत अन्य पदाधिकारीहरू आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / हनोक