
दक्षिण दिनाजपुर, 6 दिसम्बर (हि.स)। डिजीटल जन्म प्रमाणपत्र बनाउनको लागि एक दम्पत्तिले बालुरघाट अस्पताल अधीक्षक कार्यालयमा जाली प्रमाण पत्र जमा गरायो। दस्तावेजलाई देखेर शंका लाग्यो। त्यसैले दस्तावेजहरूको जाँच गर्दा प्रमाणपत्र जाली पाइयो। अस्पतालको रेकर्डमा यस्तो कुनै जन्मको उल्लेख गरिएको छैन। त्यसपछि प्रशासन सक्रिय भयो।
अस्पताल प्रशासनको भनाइ छ, जाली प्रमाणपत्रमा लगाइएको सील, हस्ताक्षर तथा सबै आधिकारिक निशान पूर्ण रूपले नक्कली थियो। कर्मचारीहरूले दम्पत्तिसित यस सम्बन्धमा जाँचबुझ गर्दा वस्तुस्थिति बुझेर त्यहाँबाट दम्पत्ति भाग्यो। अस्पताल सुपर कृष्णेन्दु विकास बागले बालुरघाट थानामा सिकायत दर्ता गराएका छन्।
कृष्णेन्दु विकास बागले भने, प्रमाणपत्र हेर्नसाथ नक्कली रहेको थाहा लाग्यो। यस्तो नक्कली प्रमाणपत्र पहिला पनि जमा गरिएको थियो। पुलिस अनि जिल्ला स्वास्थ्य विभागलाई सूचना दिइएको छ। दक्षिण दिनाजपुरका पुलिस अधीक्षक चिन्मय मित्तलले भनेका छन्, मामिलाको जाँच जारी छ। यसलाई लिएर ऱ्याकेटको सम्पूर्ण नेटवर्कको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा