तमिलनाडू- रामनाथपुरम निकट दुई कारबीच ठक्कर, 5 को मृत्यु
तमिल


रामनाथपुरम, 06 दिसम्बर (हि.स.)। सड़क छेउ खड़ा अयप्प भक्तहरूको कारको तीव्र गतिमा आइरहेको अर्को कारसित ठक्कर हुँदा पाँच जनाको मृत्यु भयो। दुर्घटनामा अन्य 7 जना घाइतेलाई अस्पतालमा भर्ती गराइएको छ। आन्ध्र प्रदेशको विशाखापत्तनम क्षेत्रको 5 अयप्प भक्त कारमा रामेश्वरम गइरहेका थिए।

आज बिहान उनीहरू रामनाथपुरम जिल्लाको समुद्र तटीय सड़क कुम्बिडुमदुरई निकट सड़क छेउ आफ्नो कार खड़ा गरिरहेका थिए कि तीव्र रफ्तारमा आइरहेको डीएमके नगर मण्डल अध्यक्षको कारले सड़क किनार खड़ा आन्ध्र प्रदेशको पंजीकरण नम्बरको कारलाई ठक्कर दियो।

यस दुर्घटनामा कार सवार 5 जनाको मृत्यु भयो। पुलिसले 7 जना घाइतेलाई रामनाथपुरम सरकारी मेडिकल कलेज अस्पताल पठायो। पुलिसले शवहरूलाई पोस्टमार्टमको निम्ति पठायो। साथै यस घटनाको सम्बन्धमा पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande