
कोलकाता, 6 दिसम्बर (हि.स.)। निलम्बित तृणमूल कंग्रेस विधायक हमायुँ कबीरलाई लिएर राजनीतिक घमासान शनिवार झन् तीव्र भएको छ। ममता ब्यनर्जी नेतृत्वाधिन तृणमूल कंग्रेसले स्पष्ट पाऱ्यो, कबीरको निलम्बन बेलडांगाको ‘बाबरी मस्जिद शैली’- को ढाँचाको शिलान्यास कार्यक्रमसित जोड़िएको छैन। पार्टी अनुसार यो कारबाही उनले लगातार दिरहेको पार्टी विरोधी बयान तथा संगठनात्मक अनुशासनहीनताको कारणले गरिएको हो।
टीएमसीले यस कदमलाई साधारण संगठनात्मक प्रक्रिया बतायो भने भाजपाले यस मुद्दामा राज्य सरकारमाथि चर्को हमला गर्दै भन्यो, मुख्यमन्त्री ममता ब्यनर्जी संवेदनशील क्षेत्रमा ध्रुवीकरणको राजनीति गरेर ‘आगोसित खेलिरहेकी’ छन्। यसबीच केन्द्रिय एजेन्सीहरूले जिल्लामा सम्भावित तनाउ अनि कट्टरपन्थी गतिविधिहरूलाई लिएर सतर्कता बढ़ाएका छन्।
टीएमसीका राज्य महासचिव कुनाल घोषले भने, पार्टीले कुनै पनि व्यक्तिलाई धार्मिक कारणले दक्षित गर्दैन। उनले भने, “पश्चिम बंगालमा कुनै पनि व्यक्ति मन्दिर, मस्जिद, गिरजाघर वा कुनै पनि उपासना स्थल बनाउन सक्नेछ। केवल धार्मिक कारणले कसैलाई दण्डित गर्ने नीति टीएमसीको कहिल्यै रहेको छैन। तर यदि कुनै व्यक्तिले राजनीतिक षड़यन्त्रमा फसेर धार्मिक आयोजनको नाममा मतदानलाई प्रभावित गर्ने प्रयास गर्छ तथा अराजक परिस्थिति उत्पन्न गर्छ भने पार्टीलाई कारबाही गर्नैपर्छ।” उनले भने, मामिला धर्मको होइन, पार्टी गतिविधिको हो।
स्मरण गराइन्छ, कबीरलाई यसै सप्ताह त्यसबेला निलम्बित गरियो जतिबेला उनले गत 6 दिसम्बरमा बेलडांगामा मस्जिदको शिलान्यास कार्यक्रम आयोजना गर्ने घोषणा गरेय त्यसपछि वरिष्ठ नेता फिरहाद हकिमले पनि भनेका थिए, पार्टी “धर्मको नाममा राजनीति गर्नेहरूदेखि टाड़ै बस्छ।”
अर्कोतिर भाजपाले टीएमसीको स्पष्टीकरणलाई खारेज गर्दै आरोप लगायो, ममता ब्यनर्जी राजनीतिक लाभको लागि सुनियोजित ढंगमा स्थितिलाई संवेदनशील बनाइरहेकी छन्। भाजपा आईटी सेलका प्रमुख तथा बंगालका केन्द्रिय पर्यवेक्षक अ्मित मालवीयले दाबी गरे, कबीर समर्थकहरूलाई ‘बाबरी मस्जिद शैली’- को ढाँचाको लागि ईँटा लाँदै गरेको देखियो र उनीहरूलाई स्थानीय पुलिसले सुरक्षा दियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा