सशस्त्र सेना झण्डा दिवस समारोहमा सामेल भइन् मुख्यमन्त्री
सशस्त्र सेना झण्डा दिवस समारोहमा सामेल भइन् मुख्यमन्त्री


नयाँ दिल्ली, 7 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता आज मानेकशा सेन्टर दिल्ली क्यान्टमा आयोजित सशस्त्र सेना झण्डा दिवस समारोहमा सम्मिलित भइन्।

मुख्यमन्त्रीले एक्समा पोस्ट गर्दै भनिन्, राष्ट्रको सुरक्षाप्रति समर्पित हाम्रा वीर सैनिक तथा वीर बलिदानीहरूका परिवार एवं पूर्व सैनिकहरूप्रति कृतज्ञता व्यक्त गर्नु हरेक भारतीयको लागि गर्वको विषय हो। यो दिवसले हामीलाई ती अनगन्ती त्यागहरूको सम्झना गराउँछ जसकारण हामी सुरक्षित र स्वतन्त्र जीवन जिरहेका छौं।

मुख्यमन्त्रीले समारोहमा उपराज्यपाल विनय कुमार सक्सेना, चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, एयर चीफ मार्शल अमर प्रीत सिंह तथा नौसेना प्रमुख एडमिरल दिनेश त्रिपाठीसित उपस्थित भएर शौर्य एवं विशिष्ट सेवा पदकबाट अलंकृत वीर सशस्त्र बलका कर्मीहरूलाई सम्मानित गरिन्। यसका साथै सशस्त्र बलहरूको कल्याणमा उत्कृष्ट योगदान दिने दशजना विशिष्ट नागरिकहरूलाई पनि सम्मानित गरियो जसले आफ्नो कार्यबाट सैन्य परिवारहरूप्रति संवेदनशीलता तथा राष्टरिहतलाई सर्वोपरी राख्ने उदाहरण प्रस्तुत गरे।

मुख्यमन्त्रीले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले रक्षा क्षेत्रमा आत्मनिर्भरता, सैन्य आधुनिकीकरण औ रणनीतिक क्षमताको नयाँ आयाम स्थापित गरेको छ। अपरेशन सिन्दूरले यो सिद्ध गऱ्यो, भारत आफ्नो सीमा, नागरिक तथा छोरी-चेलीको सम्मानको रक्षामा दृढ़, सक्षम औ निर्णायक राष्ट्र हो। उनले भनिन्, शौर्य, अनुशासन औ राष्ट्रनिष्ठा-यही हाम्रो सेनाको पहिचान हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande