सशस्त्र सेना झण्डा दिवसमा मुख्यमन्त्रीको नमन
सशस्त्र सेना झण्डा दिवसमा मुख्यमन्त्रीको नमन


गुवाहाटी, 07 दिसम्बर (हि.स.)। असमका मुख्‍यमन्त्री डा. हिमन्त बिस्व सरमाले सशस्त्र सेना झण्डा दिवसको अवसरमा देशका वीर जवानहरूको साहस, समर्पण तथा बलिदालाई नमन गरे।

मुख्यमन्त्रीले भने, भारतीय सेनाका जवानहरूले मातृभूमिको रक्षाको लागि आफ्नो सर्वस्व समर्पित गरिदिन्छन्। राष्ट्र उनीहरूको अमूल्य योगदानको लागि सदैव ऋणी रहनेछ। उनले भने, सैनिकहरूको अदम्य साहस अनि कर्तव्यनिष्ठाबाटै देशका सीमाहरू सुरक्षित छन् अनि हरेक नागरिकले शान्तिसितले जीवन जिउन पाइरहेका छन्।

सरमाले यस अवसरमा सबै नागरिकहरूसित अपील गरे, उनीहरूले सशस्त्र सेना झण्डा दिवसमा देशका वीरहरूप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूलाई सहायता प्रदान गरुन्।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande