मुख्यमन्त्रीले होमन बरगोहाईलाई जन्मदिनमा श्रद्धाञ्जली अर्पण गरे
मुख्यमन्त्रीले होमन बरगोहाईलाई जन्मदिनमा श्रद्धाञ्जली अर्पण गरे


गुवाहाटी, 07 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज असमका प्रख्यात साहित्यकार, वरिष्ठ पत्रकार औ समाज चिन्तक होमेन बरगोहाईंलाई जन्मदिनमा हार्दिक नमन गर्दै उनको अमूल्य यगदानलाई स्मरण गरे।

मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, बरगोहाई असमको जातीय जीवनका एक महान स्तम्भ थिए। एकजना साहित्यिक व्यक्तित्वको रूपमा उनले असंख्या हृदयहरूमा स्थायी छाप छोड़े। डा. सरमाले भावनात्मक रूपमा स्मरण गरे, उनलाई उनको निकटमा रहने तता मार्गदर्शन पाउने सौभाग्य प्राप्त भयो जसलाई उनी जीवनभरि नै अनमोल उपलब्धि मान्दछन्।

जयन्तीको यस विशेष अवसरमा मुख्यमन्त्रीले महान व्यक्तित्वलाई शत-शत श्रद्धाञ्जली अर्पण गर्दै भने, बरगोहाईको स्मृति अनि उनको योगदान सदैव असमका मानिसहरूको हृदयमा जीवित रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande