
नयाँ दिल्ली, 7 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज मुख्यमन्त्री जनसेवा सदनमा भारतीय महिला क्रिकेट टीमकी खेलाड़ी प्रतिका रावललाई स्वागत गरिन्।
मुख्यमन्त्रीले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गर्दै भनिन्, हाम्रा होनहार छोरी प्रतिकाले दिल्लीलाई गौरवान्वित तुल्याएकी छन्। खेलप्रति उनको प्रतिबद्धता र उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्दै दिल्ली सरकारद्वारा उनलाई 1.5 कड़ोर रुपियाँको पुरस्कार राशि प्रदान गरिनेछ। उनले भनिन्, प्रतिका युवा दिल्लीकी ऊर्जा, साहस तथा नयाँ भारतको नारीशक्तिको सजीव छवि हुन्। उनको यात्राले यो बताउँछ कि दिल्लीले सपना मात्र जन्माउँदैन, त्यसलाई उड़ान पनि दिन्छ।
मुख्यमन्त्रीले उनको उज्जवल भविष्यको लागि लाखौं शुभकामना दिइन्। यस अवसरमा क्याबिनेट सहयोगी शिक्षा मन्त्री आशिष सूद तथा डीडीसीएका अद्यक्ष रोहन जेटली पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा