दासपुरमा कृष्णमन्दिरको ताला तोड़ेर चोरी
दासपुरमा कृष्णमन्दिरको ताला तोड़ेर चोरी


मेदिनीपुर, 07 दिसम्बर (हि.स.)। दासपुर-2 क्षेत्रको भुयरा गाउँमा रहेको कृष्ण मन्दिरमा अबेर राति चोरी भएको छ। आइतबार बिहान लगभग 5.30 बजी खेततिर गइरहेको समय गाउँलेहरूले मन्दिरको ढोका खुल्ला र सबै पूजा सामग्रीहरू छरिएको देखे। यसले शंका उत्पन्न गऱ्यो।

जब गाउँलेहरू मन्दिरको नजिक गएर हेरे तब मन्दिरको ताला फुटेको थियो र भित्र अस्तव्यस्त स्थिति बनेको थियो। वरपरका मानिसहरू तुरुन्तै भेला भए र अनुसन्धान गर्दा अज्ञात चोरहरूले रातको समयमा मन्दिरबाट क्रमशः दश हजार र छ हजार रुपियाँ रहेको दुई दान बाकस चोरेको स्पष्ट भयो।

यस बाहेक कृष्ण मूर्तिको चाँदीको बाँसुरी र केही चाँदीका गरगहनाहरू पनि हराएको छ। घटनाको सूचना तुरुन्तै पुलिसलाई दिइयो। पुलिसले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ। गाउँलेहरूले चोरीप्रति आक्रोश व्यक्त गर्दै चोरहरूलाई तुरुन्तै पक्राउ गर्न माग गरेका छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande