महिलाले फाँसी लगाएर आत्महत्या गरिन्
महिलाले फाँसी लगाएर आत्महत्या गरिन्


पश्चिम मेदिनीपुर, 7 दिसम्बर (हि.स.)। दासपुर थाना क्षेत्रको लक्ष्मीकुण्ड ग्राममा गए शनिवार अबेर राती 53 वर्षीय महिला काकोली माँझीले फाँसी लागेर आफ्नो जीवन लीला सिद्ध्याई। जानकारी अनुसार काकोली माँझी राती घर नजिकै गौशालामा गएकी थिई। केही समयपछि मानिसहरूले उनलाई गलफन्दामा झुण्डिरहेको पाए। घटनाको सूचना तुरून्तै पुलिसलाई दिइयो।

पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लियो अनि पोस्टमर्टम गर्नको लागि पठाइदियो अधिकारीहरूको भनाइ छ, पोस्टमर्टम रिपोर्ट आएपछि नै आत्महत्याको कारण पत्तो लाग्नेछ। प्रारम्भिक जाँचमा कुनै षड़यन्त्र वा बाहिरी हस्तक्षेप रहेको संकेत पाइएको छैन। तर पुलिसले सबै पाटो र पक्षको जाँच गरिरहेको छ।

स्थानीय मानिसहरू अनुसार काकोली माँझी शान्त स्वभावकी महिला थिई र उसको यस किसिमको कदमले सम्पूर्ण गाउँ स्तब्ध भएको छ। परिवार गहिरो शोकमा डुबेको छ। पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande