पूर्वी कमानको विजय दिवस-2025 समारोहको शुभारम्भ, 1971- का योद्धाहरूलाई दिइयो श्रद्धाञ्जली
पूर्वी कमानको विजय दिवस-2025 समारोहको शुभारम्भ, 1971- का योद्धाहरूलाई दिइयो श्रद्धाञ्जली


कोलकाता, 07 दिसम्बर (हि.स.)। भारतीय सेनाको पूर्वी कमानले विजय दुर्गमा विजय दिवस-2025 को लागि कर्टेन रेजर आयोजना गऱ्यो। यसबाट 1971 सालको ऐतिहासिक युद्धमा भारतको जीतप्रति समर्पित कार्यक्रमहरूको औपचारिक शुरुआत भयो। समारोहमा भारतीय सशस्त्र बलहरूको वीरता, साहस औ दृढ़ संकल्पलाई स्मरण गरियो जसले यस निर्णायक जीतलाई सम्भव बनाएको थियो।

मुख्यालय पूर्वी कमानका मेजर जनरल वांगूरु रघुले कार्यक्रममा 1971 सालको युद्धको विरासतमाथि प्रकाश पारे। उनले भारतीय सैनिकहरूको बहादुरी, नि:स्वार्थ सेवा औ सर्वोच्च बलिदानहरूलाई सम्झँदै भने, यस जीतले देशको आधुनिक सैनिय सोचलाई आकार दिनमा महत्वपूर्ण भूमिका निभाएको छ। कर्टेन रेजरमा ती वीर सैनिक तथा उनीहरूका परिवारहरूलाई पनि श्रद्धाञ्जली दिइयो जसको समर्पण भावनाले यस जीतलाई सम्भव बनायो।

कार्यक्रममा आगामी विजय दिवस- 2025 को लागि केही स्मारक आयोजनहरूको घोषणा गरियो। 07 दिसम्बर, 2025 -को विजय ऱ्याली बाइक राइड औ मीडिया इन्टरैक्शन विजय स्मारक विजय दुर्गमा सम्पन्न भयो। यसै क्रममा आगामी 15 दिसम्बरमा सैन्य ट्याटुको आयोजन मंगल पाण्डे प्रशिक्षण क्षेत्रमा हुनेछ। 16 दिसम्बरमा पश्चिम बंगालकाराज्यपालद्वारा विजय स्मारकमा पुष्पाञ्जली तथा समूह फोटोको कार्यक्रम राखिएको छ।

आइतवार आयाेजित कार्यक्रममा उत्सवको मुख्य आकर्षण विजय ऱ्याली रह्यो जुन उत्तर-पूर्वी राज्यहरूमा 1350 भन्दा अधिक किलोमीटरको बाइक यात्रा थियो। यसमा दिमापुर, तेजपुर, शिलंग, गुवाहाटी, बिन्नागुड़ी, सु्कना, हिली, सिलगढ़ी, मालदा, नबग्राम औ कोलकाता सामेल थियो। यात्राको क्रम गत 1 दिसम्बरदेखि गुवाहाटीबाट शुरू भएर 7 दिसम्बरको दिन कोलकाता सम्पन्न भयो। बाटोमा सवारहरूले अल्बर्ट एक्का युद्ध स्मारक, अगरतला, करिमगञ्ज मोनोलिथ्स, किलापाड़ा युद्ध स्मारक, बोगरा युद्ध स्मारक र हिली युद्ध स्मारकमा श्रद्धाञ्जली चढ़ाए।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande