बालाकोट सेक्टरको नियन्त्रण रेखा निकट जंगलमा आगलागी, बारूदी सुरूङ्गमा विस्फोट
बालाकोट सेक्टरको नियन्त्रण रेखा निकट जंगलमा आगलागी, बारूदी सुरूङ्गमा विस्फोट


पुँछ, 07 दिसम्बर (हि.स.)। बालाकोट सेक्टरमा नियन्त्रण रेखा (एलओसी) नजिक आइतवार बिहान जंगलमा आगो लाग्यो जसले गर्दा क्षेत्रमा रहेका धेरैवटा बारूदी सुरूङ्गहरू विस्फोट भयो।

आधिकारिक सूत्रले बतायो, आगो भारतीय सेनाको जिम्मेवार क्षेत्र (एओआर)-मा बारदेखि केही पर जीरो लाइनमा लागेको हो। भनिन्छ, आगो सीमा पारीबाट शुरू भएको हो। जंगलमा आगो लाग्दा घुसपैठरोधी ग्रिडको रूपमा राखिएको दुई-तीन वटा बारूदी सुरूङ्गमा विस्फोट भयो। अधिकारीहरूले पुष्टि गरे, अहिलेसम्ममा कुनै प्रकारको मानवीय क्षति भएको सूचना प्राप्त भएको छैन।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande