
जलपाइगढ़ी, 7 दिसम्बर (हि.स)। शिकारपुर चिया पत्ती फ्याक्ट्रीमा आइतवार भोर बिहान अचानक आगो लाग्यो। जानकारी अ्नुसार फ्याक्ट्रीको पछाड़ि रहेको कोइलाबाट अचानक आगो लाग्यो जुन द्रूत गतिमा पाइपलाइनको एक भागसम्म फैलियो। हेर्दा-हेर्दै आगोले चिया बगानमा प्रयोग हुने पाइपलाइनलाी ठूलो क्षति पुऱ्यायो। यस घटनामा पाँच लाख रुपियाँ भन्दा अधिकको नोक्सान भएको हुनसक्ने अनुमान लगाइएको छ।
घटनाको सूचना पाउनसाथ श्रमिकहरूले जलपाइगढ़ी दमकल विभागलाई खबर दिए। खबर पाए लगत्तै दमकलको एउटा इञ्जीन र बेलाकोबा चौकीको पुलिस घटनास्थलमा पुगेर आगो निभाउनमा जुटे। दमकल कर्मीहरूले कड़ा परिश्रम गरेर आगोलाई पूर्ण रूपले नियन्त्रित गरे।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा