
मुर्शिदाबाद, 07 दिसम्बर (हि. स.)। विवादहरूबीच आफ्नो जिल्लामा 'बाबरी' मस्जिदको आधारशिला राखेको मात्र 24 घण्टाभित्रमा भरतपुरका विधायक हुमायुँ कबीरले यू-टर्न लिए। आइतवार उनले बताए, उनले विधायकको पदबाट राजीनामा दिने छैनन्। कारण बताउँदै उनले भने, भरतपुरका जनताले उनलाई नै विधायकको रूपमा हेर्न चाहन्छन्। उनीहरूले नै उनलाई राजीनामा दिनदेखि रोकेका हुन्।
हुमायुँ कबीरले भने, जनताको सम्मानमा उनले राजीनामा दिने फसेलादेखि पछि हट्ने निर्णय लिएका छन्। पार्टीसित मतभेद भएपछि गत 17 नोभेम्बरमा हुमायुँ कबीरले स्पष्ट रूपमा भनेका थिए, उनले भरतपुरको विधायक पदबाट राजीनामा दिनेछन्। नियमानुसार विधानसभा अध्यक्षलाई राजीनामा सुम्पिनेछन्। त्यसपछि केही उतार-चढ़ाउ आयो। मुर्शिदाबाद जिल्लामा बाबरी मस्जिदको आधारशिला राख्ने घोषणापछि गत 3 दिसम्बरमा तृणमूलले हुमायुँलाई पार्टी विरोधी गतिविधिको कारणले आजीवन निलम्बन गरिदियो। तथापि हुमायुँले गए 6 दिसम्बरको दिन संहति दिवसमा बेलडांगामा बाबरी मस्जिदको शिलान्यास गरे। यसको तत्कालैपछि भरतपुरका विधायकले आफ्नो कदमलाई 180 डिग्रीमा पछि ताने।
आइतवार कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आरएसएससित सम्बन्धित सनातन संस्कृति परिषदद्वारा आयोजित पाँच लाख कण्ठहरूबाट गीता पाठको कार्यक्रमलाई चुनौती दिँदै हुमायुँ कबीरले घोषणा गरे, 26 जनवरीभन्दा पहिला मुर्शिदाबादमा लाखौं कण्ठबाट कुरान पाठ हुनेछ।
उनको यस घोषणामा तृणमूलका राज्य महासचिव कुणाल घोषले तीव्र प्रतिक्रिया व्यक्त गरे। उनको भनाइ थियो, गीता हाम्रो हृदयमा छ, हाम्रो आदर्श हो। हामी गीता पाठको विरोधी होइनौं। तर जसले गीतालाई राजनीतिक उद्देश्यको लागि प्रयोग गरिरहेको छ, त्यसको विरोध हामीले गरिरहेका छौं। अर्कोतिर हुमायुँ कबीरले पनि बाबरी मस्जिदको नाममा विषाक्त साम्प्रदायिक ध्रुवीकरण गरेका छन्, पार्टीलाई कलंकित पार्ने चोष्टा गरेका छन्। हामी सको कड़ा निन्दा गर्दछौं।
यस सम्पूर्ण प्रकरणले मुर्शिदाबादको राजनीतिमा नयाँ मोड़ ल्याइदिएको छ र आगामी दिनमा यसको के परिणाम हुन्छ, त्यो हेर्न चाखलाग्दो हुनेछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा