
जम्मू,, 7 दिसम्बर (हि.स.)। एउटा आश्चर्यकोक घटना घटेको छ जहाँ श्रीनगरस्थित शेर-ए-कश्मीर इन्स्टीट्यूट अफ मेडिकल साइन्सेजमा प्रसुति विभागको वाशरूममा नवजात शिशुको शव भेटियो।
अधिकारीहरूले बताए, अस्पतालको स्टाफले वाशरूममा शिशुको शव देखेपछि तुरून्तै अस्पताल प्रशासनलाई सूचित गऱ्यो। अस्पताल प्रशासनले पुलिसलाई सूचना दियो। पुलिसले घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लिएर मेडिको-लिगल प्रक्रिया शुरू गरेको छ।
अधिकारीहरूले बताए, शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। साथै मृत्युको कारण अनि समयको जाँच गरिँदैछ। पुलिसले सबै परिस्थिति तथा घटनाको निम्ति जिम्मेवार व्यक्तिहरूलाई चिन्हित गर्नको लागि जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा