
खड़गपुर, 07 दिसम्बर (हि. स.)। खड़गपुर शहरमा वायु प्रदूषणले लगातार भयावह रूप धारण गरिरहेको छ। औद्योगिक एकाईहरूबाट निक्लिएको धुँवाले गर्दा शहरको वायु गुणस्तर सूचकांक (एक्यूआई) 200 लगभग पुगिसकेको छ जसलाई जनस्वास्थ्यको लागि खतरनाक मानिन्छ। यसबीच खड़गपुर महकुमा अस्पताल निकट धोबीघाट क्षेत्रमा थुप्रिरहेको मैला-कुचैलाले स्थितिलाई अझ चिन्ताजनक बनाइदिएको छ।
स्थानीय मानिसहरू अनुसार उक्त मैला-कुचैलाको थुप्रोबाट दुर्गन्ध फैलिरहेको छ। प्रायजसो नै मैला-कुचैलामा आगो लाग्छ वा कसैले आगो लगाइदिन्छ। यहाँबाट निक्लिएको विषाक्त धुँवाले वातावरणलाई अझ बढ़ी प्रदूषित पारिरहेको छ। मानिसहरूको आरोप छ, यस धुँवाले अस्पतालमा उपचाराधिन रोगीहरूको स्वास्थ्यलाई प्रभावित बनाइरहेको छ।
अस्पतालका सुपर गौतम माइतीले भने, यो भयानक प्रदूषण हाम्रा रोगीहरूको लागि हानिकारक छ। यस विषयमा हामीले कैयौं पटक रेल तथा नगरपालिकालाई अवगत गराइसकेका छौं। उनले चेताउनी दिँदै भने, शीतकालमा यो विषाक्त धुँवाले क्षेत्रका अधिकांश मानिसहरूमा श्वास-प्रश्वाससित सम्बन्धित समस्या उत्पन्न गराउन सक्छ।
यता पर्यावरण प्रदूषणको मुद्दामा खड़गपुर नगरपालिका र रेल प्रशासनबीच आरोप–प्रत्यारोप शुरू भएको छ। स्थानीय मानिसहरूको भनाइ छ, नगरपालिकाको लगभग 70 वर्ष पुरानो कुनै पनि स्थायी डम्पिंग ग्राउण्ड छैन जसले गर्दा समस्या बढ़िरहेको छ।
खड़गपुर नगरपालिकाकी चेयरपर्सन कल्याणी घोषले भनिन्, मैला-कुचैला थुपारिएको जमीन रेलवेको हो र त्यहाँ रेलवेले पनि मैलाहरू फालिरहेको छ। हामी यस मुद्दामा रेल विभागलाई पत्र पठाउनेछौं।
अर्कोतिर रेल अधिकारीहरूसित सम्पर्क गर्ने प्रयास गरेको भएपनि कुनै प्रतिक्रिया पाइएन।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा