
हुगली, 07 दिसम्बर (हि. स.)। श्रीरामपुर सुधार गृहबाट एकजना विचाराधिन बन्दी बेपत्ता भएको छ। बन्दीको नाम राजेश हाटी हो जो पोक्सो मामिलाको आरोपी हो।
प्राप्त जानकारी अनुसार आरोपी श्रीरामपुर सुधार गृहमा पछिल्लो वर्षको जून महिनादेखि नै थियो। गए शनिवार बन्दी बेपत्ता भएको कुरा उजागार भयो। यसबीच बन्दीलाई खोज्नको लागि लुकआउट नोटिस जारी गरिएको छ। के उ भागेको हो? सुधार गृहको सुरक्षा कवचलाई भेद गरी उ कसरी भाग्न सक्छ? के सुरक्षा व्यवस्थामा कुनै कमजोरी थियो? यी प्रश्नहरू उठिरहेका छन्।
जानकारी अनुसार यी व्यक्ति श्रीरामपुरको पियारापुर षष्ठीतला निवासी हो जसमाथि रिषड़ा र मगरा थानामा सिकायत दर्ता भएको थियो। पोक्सो मामिलामा पनि उ आरोपी हो।
श्रीरामपुर सुधार गृहभित्र निगरानीको लागि सीसीटीभी क्यामरा जड़ान गरिएको छ। यसबीच उक्त फुटेजलाई पुलिसलाई सुम्पिइएको छ। सुधार गृहको कड़ा सुरक्षा घेरालाई पार गरेर उ कसरी हरायो? यो प्रश्न उठिरहेको छ। यस मामिलामा जेल अधिकारीहरूको पक्षबाट कुनै टिप्पणी गरिएको छैन।
श्रीरामपुरका महकुमा अधिकारी शम्भुदीप सरकारले आइतवार बताए, सुधार गृहबाट बन्दी बेपत्ता भएको मामिला सामु आएपछि सुधार गृह अधिकारीहरूलाई थानामा एफआईआर दर्ता गर्ने निर्देश दिइएको छ। उक्त व्यक्ति कसरी बेपत्ता भयो त्यसको जाँच गरिँदैछ।
जाँचमा यो पनि पत्तो लगाइँदैछ, के सुरक्षामा कुनै चूक भएको थियो वा कसैको मिलोमतोले यो घटना भएको हो। पुलिसले सीसीटीभी फुटेजको जाँच गरिरहेको छ।
-----
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा