मदपुरमा सरस्वती शिशु मन्दिरको खेल प्रतियोगिताः संस्कार तथा उत्साहको संगम
मदपुरमा सरस्वती शिशु मन्दिरको खेल प्रतियोगिताः संस्कार तथा उत्साहको संगम


मदपुर (पश्चिम मेदिनीपुर), 07 दिसम्बर (हि.स.)। सरस्वती शिशु मन्दिर, मदपुरमा वर्ष 2025-को शैक्षणिक वर्षको दुई दिवसीय वार्षिक खेल प्रतियोगिता आइतवार उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो। यो प्रतियोगिता 6 र 7 दिसम्बरमा सम्पन्न भयो। विद्यालय जसले संस्कार, संस्कृति तथा राष्ट्रवादको मिश्रणबाट बाल-बालिकाहरूको समग्र व्यक्तित्व निर्माण गर्छ, यो प्रतियोगिता पनि यसै भावनाबाट ओतप्रोत भएर आयोजना गरिएको हो।

दुई दिनसम्म आयोजित यस कार्यक्रममा स-साना बाल-बालिकाहरूले दाज्यु-बहिनीको भावना तथा सौहार्दपूर्वक विभिन्न प्रतियोगिदाहरूमा भाग लिए। बाल-बालिकाहरूले पूर्ण मनोयोगले आ-आफ्नो खेलमा श्रेष्ठ प्रदर्शन गरे साथै विद्यालयको अनुशासन एवं संस्कार आधारित शिक्षा व्यवस्थाको स्पष्ट परिचय दिए।

कार्यक्रममा शिक्षक तथा विद्यालय प्रबन्धनले भने, सरस्वती शिशु मन्दिर शिक्षाको केन्द्र मात्र नभएर चरित्र निर्माण गर्ने स्थान पनि हो जहाँ बाल-बालिकाहरूमा सांस्कृतिक चेतना, राष्ट्रिय मूल्य, अनुशासन औ सहयोगभावलाई प्राथमिकता दिइन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande