सीख समाजमा आक्रोश, हरक सिंह रावतको पुतला दहन
सीख समाजमा आक्रोश, हरक सिंह रावतको पुतला दहन


हल्द्वानी, 7 दिसम्बर (हि.स.)। पूर्व मन्त्री हरक सिंह रावतको विवादित बयानको विरोधमा सिख समुदायका मानिसहरूले आइतवार बुद्ध पार्क हल्द्वानीमा प्रदर्शन गर्दै कंग्रेस नेताको पुतला दहन गरे। यस अवधि नाराबाजी गर्दै कंग्रेस नेतासित सार्वजनिक रूपमा माफी माग्ने माग गरियो।

यस अवसरमा गुरुप्रीत प्रिन्सले भने, यसले उत्तराकण्डको मात्र नभएर देशभरिकै सीखहरूलाई आघात पुऱ्याएको छ। 12 बजे ख्याल-ठट्टाको विषय होइन, यो सीख इतिहासको गौरव हो। सीख फेडरेशनका गगनदीप कोहरीले भने, धर्मको अपमानलाई कुनै पनि स्थितिमा सहन गरिनेछैन। गगन सयालीले भने, हरक सिंहले गुरुद्वारा साहिबमा गएर सार्वजनिक रूपमा सीख समाजसित माफी मागुन्।

यस अवधि परमजीत सिंह पम्मा, मनप्रीत सेठी, अमन कोहली, कुलविन्दर सिंह, तरन बिन्द्रा, बलविन्दर सिंह, बलबीर सिंह, मनिन्दर सिंह, मनजीत सिंह, अमनदीप सिंह, कंवलजीत रेखी, पुनीत सबरवाल, कमलदीप, दिलप्रीत सिंघ, बलजीत आनन्द, रविन्द्रपाल सिंह हेमी, सुरेन्द्र सेठी, इकजोत कालरा, मनदीप सिंह, हरजस सिंह, विक्की सेठी, रिम्पी, तरन सेठी, मन्नू सयाली, अमनदीप पिंडी, अमरजीत आनन्द, सुमित सबरवाल, जसप्रीत गुजराल, गुरजीत कोहली, हरमीत बिन्द्रा, अमरजोत सेठी, नवजोत सिंह, गुरविन्दर सिंह, जसप्रीत सेठी, मोहन पाठक, नीरज बिष्ट, राजेन्द्र अग्रवाल उपस्थित थिए।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande