सिलगढ़ीमा नशामा चुर महिलाको बबाल
सिलगढ़ीमा नशामा चुर महिलाको बबाल


सिलगढ़ी, 07 दिसम्बर (हि. स.)। शहरको सबैभन्दा व्यस्त सड़क सेवक रोडमा गए शनिवार अबेर राती नशामा चुर एकजना महिलाले आफ्नो पुरूष मित्रको खोजीमा सड़कबीचमै बबाल मचाइन्। महिलाले रेस्तराँमा तोड़फोड़ गरेपछि सड़कमा रहेको कारको काँच फुटाउन थालिन्। महिलाको यस्तो कृत्य अबेर रातीसम्म जारी रह्यो। सूचना पाएर घटनास्थलमा पुगेको पुरूष पुलिसकर्मीहरूसित पनि महिलाले दुर्व्यवहार गरिन्। त्यसपछि केही घण्टापछि आएको महिला पुलिसले उसलाई हिरासतमा लियो।

आरोप छ, उसको पुरूष मित्रले माथि पबबाट सम्पूर्ण घटनाक्रमलाई हेरिरहेका थिए, तर तल झरेन। महिलाको आरोप छ, उसको पुरूष मित्रले उसलाई रेस्तराँमै छोड़ेर गयो। उसले मलाई धोका दिएको छ। मलाई न्याय चाहिन्छ, भनी महिलाले बताइन्।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande