युवकको घरबाटै लगेर अन्यत्र हत्या गरेको आरोप
युवकको घरबाटै लगेर अन्यत्र हत्या गरेको आरोप


उत्तर 24 परगना, 07 दिसम्बर (हि.स.)। बसिरहाटमा फेरि एकपटक हत्याको घटनाले क्षेत्रमा सन्त्राष फैलाएको छ। गए शनिवार अबेर राती एकजना युवकलाई घरबाटै बोलाएर लगेर अन्यत्र गोली दागी हत्या गरिदियो। गाउँको सुनसान क्षेत्रमा झाड़ीहरूबाट युवकको रगताम्मे शवलाई उद्धार गरियो। पुलिसले यस मामिलामा दुईजना मानिसहरूलाई पक्राउ गरेको छ भने हत्याको कारण अहिले पनि रहस्य नै भएको छ।

पुलिस सूत्र अनुसार मृत युवकको पहिचान 28 वर्षीय असादुल गाजीको रूपमा भएको छ जो बसिरहाट थाना क्षेत्रको निमदाड़िया-कोदालिया ग्राम पञ्चायत अन्तर्गत फतुरआटी क्षेत्र निवासी रहेको बताइएको छ। गाजीले मध्यमग्रामको एक आवासमा हाउसकीपिंगको काम गर्थ्यो भने हालैमा छुट्टीमा घर आएको थियो।

आरोप छ, गए शनिवार अबेर राती आमिर हुसैन मण्डल नामक एकजना युवकले असादुललाई उसको घरबाट बोलाएर लग्यो। उसलाई एक सुनसान ठाउँमा पुऱ्याएर गोली दागी हत्या गरिदियो। पछि क्षेत्रको झाड़ीहरूमाझ शवलाई भेटियो। आइतवार शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। पुलिस घटनाको जाँचमा जुटिसकेको छ।

पुलिसले जाँचपछि आरोपी आमिर हुसैन मण्डल र रज्जाक गाजीलाई पक्राउ गरेको छ। स्थानीय मानिसहरूको भनाइ छ, आरोपी आमिर मण्डलविरूद्ध पहिला पनि धेरै सिकायत गरिसकिएको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande