पहिला अबोध छोरीलाई पिलाइन्, त्यसपछि आमाले आफै पिइन् कीटनाशक, वारणसी ट्रमा सेन्टरमा दुवैको मृत्यु
पहिला अबोध छोरीलाई पिलाइन्, त्यसपछि आमाले आफै पिइन् कीटनाशक, वारणसी ट्रमा सेन्टरमा दुवैको मृत्यु


मिरजापुर, 7 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको मिरजापुर जिल्ला अन्तर्गत विन्ध्याचल थाना क्षेत्रको तिलई मौआर गाउँमा गए शनिवार साँझ एक हृदयविदारक घटना घट्यो। एउटी आमाले पहिला छोरीलई कीटनाशक पिलाइन् अनि पछि आफै पनि पिइन्। उपचारको क्रममा आमा-छोरी दुवको वाराणसी ट्रमा सेन्टरमा राती लगभग 11 बजे मृत्यु भयो। घटनापछि सम्पूर्ण गाउँमा सन्त्राष फैलिएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

मौआर गाउँ निवासी रञ्जना देवी (38), पत्नी बालेन्द्र पटेलले गए शनिवार साँझ पहिला आफ्नी 6 वर्षीय छोरी आस्थालाई कीटनाशक औषधि पिलाइन्। त्यसबेला 12 वर्षीय जेठी छोरी अतिस्था घरमा थिई। अतिस्थाले बताए अनुसार आमाले उसलाई पनि ग्लुकोज भनेर घोल पिउनको लागि बाध्य बनाइन्, तर उ डरले त्यहाँबाट भागी। भाग्दै गर्दा उसले कीटनाशक औषधि आमाले पिएको देखी।

अतिस्था रूँदै लगभग 5 सय मीटर टाड़ा तलाउ नजिक आफ्नो बड़ाबाउ भएकोमा पुगी अनि सम्पूर्ण घटना बारे बताई। परिवार घरमा पुग्दा रञ्जना र सानी छोरीको मुखबाट फिज आइरहेको थियो। तुरून्तै उनीहरूलाई पीएचसी सर्रोई लगियो जहाँबाट डाक्टरहरूले मण्डलीय अस्पतालमा रेफर गरिदिए। त्यहाँ पनि स्थिति गम्भीर भएपछि दुवैलाई वारणसी ट्रमा सेन्टरमा पठाइदियो जहाँ गए राती दुवैको मृत्यु भयो। मृतका दुई छोरीकी आमा थिई। अतितस्थाले अझ बताए मुताविक पिता बालेन्द्र पटेल गत 29 नोभेम्बरको दिन सूरत, गुजरात गएका थिए। केही समयदेखिको माता-पितामाझ विवाद भइरहेको थियो।

थाना प्रभारी वेदप्रकाश पाण्डेयले बताए, कीटनाशक पिउनाले आमा-छोरीको मृत्यु भएको सूचना प्राप्त भएको छ। परिवारले मृतकाको पतिलाई पर्खिरहेको छ। त्यसपछि मात्र अग्रिम कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande