चटाईको आड़मा गांजा तस्करी, एक पक्राउ
चटाईको आड़मा गांजा तस्करी, एक पक्राउ


सिलगढ़ी, 07 दिसम्बर (हि.स.)। सिलगढ़ीको जंक्शन क्षेत्रमा प्रधान नगर थाना पुलिसले चटाईको आड़मा गाँजा तस्करी गर्ने प्रयासलाई विफल पारेको छ। सूचनाको आधारमा कारबाही गर्दै पुलिसले बसबाट गाँजा बोकेर हिँड़िरहेको एक युवकलाई पक्राउ गरेको छ। उसको चटाई ब्यागबाट 10 किलो 300 ग्राम गाँजा जफत गरिएको छ। पक्रा परेको अभियुक्तको पहिचान मुर्शिदाबाद निवासी जरीप शेखको रूपमा गरिएको छ।

पुलिस अनुसार, तस्करहरूले अब चटाई, बोरा र झोलामा विशेष कक्ष बनाएर लागूऔषध लुकाउने नयाँ तरिकाहरू अपनाइरहेका छन्। पुलिसले एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी थप कारबाही शुरू गरेको छ। यसका साथै, तस्करी नेटवर्कको अनुसन्धान भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande