गोवा नाइट क्लब अग्निकाण्डमा असमका तीनजना युवकहरूको मृत्यु
गोवा नाइट क्लब अग्निकाण्डमा असमका तीनजना युवकहरूको मृत्यु


गुवाहाटी, 08 दिसम्बर (हि.स.)। गोवामा अबेर राती भएको भयानक अग्निकाण्डमा न्यूनतम 25 जना मानिसहरूको मृत्यु भयो जसमा असमका तीनजना युवकहरू पनि सामेल रहेका छन्। असमका मृतकहरूको पहिचान मञ्जीत मल, राहुल ताँती र दिगम्बर पातीरको रूपमा भएको छ। भनिन्छ, राहुल ताँती र मञ्जीत मल कछार जिल्ला निवासी थिए भने दिगम्बर पातीर धेमाजी निवासी थिए।

तीनै युवक त्यस नाइट क्लबमा कर्मचारीको रूपमा कार्यरत थिए जहाँ आगो लाग्यो। प्रारम्भिक जाँचमा आशंका व्यक्त गरिएको छ, सिलेण्डर विस्फोट भएको कारणले आगो लागेको हो जसबाट धेरैजना मानिसहरू बाहिर निक्लिन पाएनन्।

घटनापछि राहत अनि बचाउ कार्य अबेर रातीसम्म जारी रह्यो। अधिकारीहरूले बताए, मृतकहरूको पहिचानको प्रक्रिया भइरहेको छ। प्रशासनले नाइट क्लबको सुरक्षा मानदण्डमा लापरवाहीको जाँच गर्ने आदेश दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande