
नयाँ दिल्ली, 8 दिसम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले कुख्यात बावरिया ग्याङका सदस्य सञ्जय उपनाम झल्लुलाई पञ्जाबको मण्डी गोविन्दगढ़बाट पक्राउ गरेको छ। आरोपी 34 वटा आपराधिक मामिलाहरूमा सामेल रहेको छ। यीमध्ये 6 वटा मामिलामा भगौड़ा घोषित गरिएको छ। यस अतिरिक्त 5 वटा मामिलामा नन-बेलेबल वारन्ट जारी गरिएको छ।
पुलिस अधिकारी अनुसार आरोपी 12 वटाभन्दा अधिक मामिलाहरूमा भागेको थियो। आरोपीमाथि उत्तर प्रदेश पुलिसले इनाम समेत घोषणा गरेको थियो।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त हर्ष इन्दौराले सोमवार बताए, क्राइम ब्राञ्चको टीमलाई गुप्त सूचना प्राप्त भएको थियो कि आरोपी पञ्जाबको मण्डी गोविन्दगढ़मा लुकेर बसेको छ। दुई सप्ताहसम्म लगातार तकनिकी निगरानी तथा स्थानीय इनपुट जुटाएपछि पुलिसले गए 7 दिसम्बरमा छापा मारेर उसलाई पक्राउ गऱ्यो।
पुलिस उपायुक्तले बताए, सञ्जय उपनाम झल्लुमाथि दिल्ली तथा उत्तर प्रदेशमा 34 वटा मामिला दर्ता छ जसमा हत्या गर्ने प्रयास, लुट, चोरी, थुताई तथा आर्म्स एक्ट सामेल छन्। यीमध्ये 18 मामिलामा दिल्लीको अनि 16 मामिला उप्र तथा अन्य राज्यहरूको रहेको छ। उसलाई दिल्लीको साकेत, हौज खास, मेहरौली, आदर्श नगर, वजीराबाद समेत केही थानाहरूमा भगौड़ा घोषित गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा