
नयाँ दिल्ली, 8 दिसम्बर (हि.स.)। दिल्ली पुलिस क्राइम ब्राञ्चले अन्तर्राज्यीय प्यान-इण्डिया अनलाइन निवेश धोकाधड़ीको भण्डाफोर गर्दै तीनजना साइबर ठगहरूलाई पक्राउ गरेको छ। यो ग्यांगलाई देशभरि फैलिएका 165 साइबर सिकायतहरूसित जोड़िएको पाइएको छ जसमा लगभग 6.33 कड़ोर रुपियाँको धोकाधड़ी भएको छ।
..यी आरोपीहरूले विराट साइबर सिण्डिकेटको लागि हाई-भोल्यूम म्यूल खाता संचालन गरिरहेका थिए। पक्रा पर्ने आरोपीहरूको पहिचान क्रमैले ओडिशा निवासी प्रवाश चन्द्र पाण्डा, भुवनेश्वर, ओडिशा निवासी प्रीतम रोशन पाण्डा औ सृतम रोशन पाण्डा (24)- को रूपमा भएको छ।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त आदित्य गौतमले सोमवार बताए, सिकायतकर्तालाई आफू ठूलो अधिकारी रहेको बताउँदै ठगहरूले मार्केट ट्रेडमा निवेश गर्ने नाममा नक्कली एप र सर्टिफिकेट देखाएर भरोसा जिते। पीड़ितले विश्वासमा आएर 49,73,000 रुपियाँ केही खाताहरूमा ट्रान्सफर गरिदिए। पछि थाहा लाग्यो, ती सबै खाताहरू ओडिशा बेस्ड म्यूल खाता रहेछ। पुलिसले पीड़ितको सिकायतमा मुद्दा दर्ता गऱ्यो।
पुलिस उपायुक्तले बताए, मामिला जाँच गर्ने क्रममा थाहा लाग्यो कि एक जाली कम्पनीको नाममा जाली फर्मको खाता ठगीको पैसालाई प्राप्त गर्न अनि त्यसलाई फेरि ट्रान्सफर गर्ने मुख्य माध्यम थियो। पीड़िताको सम्पूर्ण रकम भिन्न-भिन्न खाताहरूमा पठाइयो जसमध्ये एउटा जाली कम्पनीको खाता थियो। पैसा पाउनसाथ त्यसलाई तुरून्तै अर्को खातामा ट्रान्सफर गरियो अनि एटीएमबाट निकासी गरियो। पुलिसले सबै प्रमाणलाई एकत्र गरेर एक-एकजना गर्दै तीनैजना आरोपीहरूलाई पक्राउ गऱ्यो।
पुलिसले आरोपीहरूको कब्जाबाट 17 मोबाइल फोन, 21 सिम कार्ड, 124 एमटीएम/डेबिट/क्रेडिट कार्ड, 56 ब्यांक पासबुक, 25 चेक बुक, 07 क्यूआर कोड लेबल, 03 रजिस्टर, 02 पासपोर्ट र एउटा क्याश काउन्टिंग मशिन जफत गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा