
पश्चिम मेदिनीपुर, 08 दिसम्बर (हि.स.)। घाटाल थाना क्षेत्रमा भएको सड़क दुर्घटनामा एकजना युवकको घटनास्थलमै मृत्यु भयो भने दुईजना गम्भीर रूपमा घाइते भएका छन्। घाइतेहरूमध्ये एकजनाको पहिचान बरदा टोकन निवासी फरमान (36) भएको छ भने अर्को घाइते र मृतकको पहिचान हुन सकेको छैन।
प्राप्त जानकारी अनुसार घटना चन्द्रकोणा रोडको नवग्राम क्षेत्रमा लगभग साढ़े आठ बजे भएको हो जतिबेला द्रूत गतिको पिकअप भ्यानले विपरीत दिशाबाट आआइरहेको बाइकलाई भयंकर ठक्कर दियो। ठक्कर लागेपछि तीनैजना बाइक सवार भुइँमा लड़े यीमध्ये बाइक चालकको घटनास्थलमै मृत्यु भयो भने अन्य गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरूको सूचना पाएर घाटाल थानाको पुलिस घटनास्थलमा पुग्यो।
प्रत्यक्षदर्शीहरू अनुसार बाइकमा तीनजना मानिसहरू सवार थिए। ठक्करपछि बाइक पूर्ण रूपले क्षतिग्रस्त भएको छ। पुलिस अनि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई तत्कालै घाटाल अस्पतालमा पुऱ्याइयो जहाँ उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
पुलिसले मृतकको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। घटनास्थलबाट पिकअप भ्यानलाई जफत गरिएको छ भने चालकको भूमिकाको जाँच गरिँदैछ। प्रारम्भिक अनुमानमा द्रूत गति अनि लापरवाही नै दुर्घटनाको प्रमुख कारण हुनसक्छ।
स्थानीय मानिसहरूले रात्रिबेला द्रूत वाहनहरूमाथि नियन्त्रण तथा नियमित पेट्रोलिंग गर्ने माग गरेका छन् ताकि यस्ता घटनाहरूमाथि रोक लगाउन सकियोस्। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा